इन्धन बोक्ने ट्यांकरमा राखि गाँजा तस्करी हुने गरेको खुलासा , १६० केजी गाँजा सहित दुई जना समातिए


३ बैशाख, काठमाडौं ।

इन्धन बोक्ने ट्यांकभित्र लुकाएर लागूऔषध गाँजा तस्करी हुने गरेको खुलासा भएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले ना ४ ख ५३६८७ नम्बरको ट्यांकरभित्र क्याबिनमा १६० केजी गाँजाको चिप्पडसहित दुई जनालाई पक्राउ गरेसँगै गाँजा तस्करीको नयाँ शैली सार्वजनिक भएको हो ।

प्रहरीका अनुसार सर्लाहीको मलंगवा हुँदै भारततर्फ निकासी गर्न लागिएको ७ वटा प्लाष्टिकको बोरामा प्याक गरेको गाँजा नियन्त्रणमा लिईएको हो ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ का २२ वर्षीय सोमबहादुर थोकर र कैलाश गाउँपालिका–२ का २६ वर्षीय इमानसिंह स्याङ्बो छन् ।

उनीहरुलाई काठमाडौंको चन्द्रगिरी–२, झ्याप्ले खोलास्थित सडक किनारबाट पक्राउ गरिएको ब्यूरोका प्रमुख डिआईजी ठूले राईले जानकारी दिनुभयो ।

पक्राउ परेका दुई जना लोमो समयदेखि गाँजाको कारोबारमा संलग्न रहेको समेत खुलेको ब्यूराले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

सोम, बैशाख ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया