ओली र प्रचण्डबीच भएको वार्ता निष्कर्ष विहिनः पार्टी एकताको रटान अन्त्य भएकै हो ?


काठमाडौं, ३ वैशाख ।
पार्टी एकताबारे देखिएको अन्योल चिर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको वान टु वान वार्ता निश्कर्ष विहिन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुइ नेताहरुबीच ठोस सहमती हुन नसकेपछि भोलि बिहान पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ ।

एकता समितिको बैठक बिहान ९ बजे बोलाइएको माओवादी केन्द्रका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । सिन्धुपाल्चोकको सुकुटे पुग्नुभएका दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न आजै बिहान राजधानी फर्किनु भएको थियो ।

माओवादी केन्द्रभित्र सम्मानजनक एकता हुनुपर्ने र जनयुद्धलाई एकीकृत पार्टीको बिधानमा समावेश गराउनु पर्ने मत बलियो बन्दै गएका बेला दुई नेताबीच पछिल्लो भेट भएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई पार्टीका अध्यक्षको भेट अत्यन्त सकारात्मक भएको प्रतिक्रिया दिनुभयो ।
उहाँका अनुसार पार्टी एकीकरणलाई लिएर दुबै नेताहरुले गम्भीर रुपमा छलफल गर्नुभएको छ । त्यसैको निरन्तरता स्वरुप एमालेको स्थायी समिति बैठक बोलाइएको पनि उहाँले बताउनु भयो ।

तर, माओवादी अध्यक्ष दाहालको सचिवालयले भने शीर्षस्थ नेताहरुबीच आजको छलफलले सम्वादहिनताको अन्त्यमात्रै गरेको प्रतिक्रिया दिएको छ ।
एकता संयोजन समितिको बैठकअघि दुबै पार्टीमा आन्तरिक छलफल गर्ने सहमति दुइ नेताबीच भएको छ ।

पछिल्लो समय माओवादी केन्द्रले केन्द्रीय समितिमा बराबरी हैसियत नभएसम्म एकता नगर्ने अडान लिएपछि एकता प्रक्रिया टुङ्गोमा पुग्न छैन ।

केन्द्रीय समितिमा कति–कति जना नेता रहने, नयाँ दलको चुनाव चिन्ह के राख्ने, जनयुद्ध शब्द उल्लेख गर्ने कि नगर्ने लगायत विषयमा एमाले र माओवादीबिच सहमति जुट्न बाँकी छ ।

२९९ सदस्यीय केन्द्रीय कमिटीमा एमालेले ७०÷३० को अनुपात भनेपछि माओवादीले समान ५०÷ ५० हुनु पर्ने मत अघि सारेको छ ।

यस्तै नेतृत्व सञ्चालन कार्य्विधिमा पनि ओली र प्रचण्ड दुबै अध्यक्ष हुने भनेपनि दुबै अध्यक्ष कार्यकारी हुने कि एउटा सेरेमोनियल अर्को कार्यकारी हुुनु टुंगो छैन ।
आजको बैठकमा हल हुन बाँकी विषयहरुमा कुनै ठोस प्रगति नभएपनि दुई नेताको भेटले सम्वादहीनता टुटेको नेताहरुले बताएका छन् ।

सोम, बैशाख ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter