तिमिल्सिना समाजले वैशाख ८ गते सम्मान तथा पात्रो विमोचन कार्यक्रम गर्दै


काठमाण्डौ , ३ चैत ।

तिमिल्सिना समाज नेपालले स्थानीय तहको निर्वाचनमा तिमिल्सिनाको कुलका विजयी जनप्रतिनिधिहरुलाई सम्मान गर्ने भएको छ ।

आगामि वैशाख ८ गते एक कार्यक्रममाको आयोजना गरि स्थानीय तह , प्रतिनिधी तथा प्रदेशसभामा निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्न लागेको हो ।
राष्ट्रय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाको प्रमुख आथित्यतामा ललितपुरको सानेपा हाईटमा रहेको नेशनल ल कलेजको प्रांगडमा हुने कार्यक्रममा मुलुकभरबाट तीन तहको निर्वाचनमा सहभागी भएर विजयी भएकाहरुलाई सम्मान गर्न लागीएको समाजका अध्यक्ष डा. रामकृष्ण तिमल्सिनाले जानकारी दिनुभयो ।

बिहान साढे सात बजेबाट सुरु हुने सोहि कार्यक्रममा समाजले प्रकाशन गरेको २०७५ सालको भित्ते पात्रो विमोचन गर्नुका साथै नयाँ वर्षको अवसरमा शुभकामना आदनप्रदानको कार्यक्रम पनि राखिएको उहाँले बताउनु भयो ।

तिमिल्सिना बन्धुहरुको जमघट गराउने उदेश्यले राखिएको उक्त कार्यक्रममा सबै बन्धुबान्धवहरुलाई उपस्थिीतिका लागी समाजले आह्वान पनि गरेको छ ।

सोम, बैशाख ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter