देउवा भन्छन्, सरकारले अब विकास गर्छ, अधिनायकवादको ’


३ वैशाख, चितवन ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले अधिनायकवाद सुरु गरिसकेको बताउनुभएको छ ।
भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले मनोमानी ढंगले सरकारले काम गरिरहेको समेत बताउनु भयो ।
सभापति देउवाले केपी ओली नेतृत्वको सरकारले अब अधिनायकवादको विकास गर्ने व्यङग्य गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद सुरु भइसक्यो । मनोमानी बढ्यो ।’ ’अब विकास गर्छ, अधिनायकवादको ।’

सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उहाँले यो समय सरकारको काम हेर्ने पनि बताउनु भयो ।

दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको भन्दै सभापति देउवाले काग्रेस कमजोर नभएको दाबी गर्नुभयो ।

उहाँले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि कांग्रेस लडिरहने पनि प्रष्ठ पार्नुभयो ।

सोम, बैशाख ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter