प्रभु बैंक र मेडिसिटीबीच सम्झौता, कर्मचारी र ग्राहकले उपचारमा छुट पाउँने


२ बैशाख,काठमाडौँ । प्रभु बैंक लिमिटेड र नेपाल मेडिसिटीबीच उपचारमा छुट गराउने सम्बन्धी सम्झौता भएको छ ।

आइतबार भएको सम्झौताअनुसार बैंकका कर्मचारी र ग्राहकहरुले उपचारमा १० प्रतिशत छु्ट पाउने भएका छन् । ललितपुर महानगरपालिका–११, सैंबुस्थित नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.) ले बैंकका सम्पूर्ण कर्मचारीहरु र प्रिभिलेज कस्टुमरएवं डेविट तथाक्रेडिट कार्ड होल्डर ग्राहकले उक्त सुविधा पाउने भएका छन् ।

सम्झौताले कर्मचारी र ग्राहकहरुले उच्चस्तरीय स्वास्थ्य सेवामा छुट पाएर लाभान्वित हुनु बैंकले विश्वास गरेको छ ।

आइत, बैशाख २, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विजनेस समाचार