सिरियामा अमेरिका, बेलायत र फ्रान्सद्धारा आक्रमण सुरु


एजेन्सी , बैशाख १ ।
अमेरिका, फ्रान्स र बेलायतले सिरियामा हवाई हमला सुरु गरेका छन् ।

सिरियाको पूर्वी गुटामा गत हप्ता गरिएको भनिएको रासायनिक हमलाको प्रतिक्रिया स्वरूप अमेरिका, फ्रान्स र बेलायतले हवाई हमला सुरु गरेका हुन् ।

दमास्कस र आसपासका क्षेत्रमा विस्फोटका ठूला आवाजहरू सुनिएका छन् । आकाशमा धुवाँको मुस्लो देखिएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हमला गर्न लागिएको घोषणा गर्दै एउटा वक्तव्य जारी गरेका छन् ।

उनले सिरियाली सरकारले रासायनिक अस्त्रको प्रयोग नरोकेसम्म अमेरिका र उसका साझेदार मुलुकहरूले कारबाही जारी राख्न तयार रहेको बताएका छन् ।

ट्रम्पले रासायनिक हमलाका लागि रुस प्रत्यक्ष रूपमा जिम्मेवार रहेको आरोप लगाउँदै सिरियाली रासायनिक अस्त्रहरू निर्मूल पार्ने सन् २०१३ को वाचा पूरा गर्न रुस विफल भएको समेत बताए ।

यसअघि अमेरिकाले सिरियाको पूर्वी गुटामा गरिएको शंकास्पद रासायनिक हमलामा सिरियाली सरकारको हात रहेको र त्यसलाई रोक्न रुसले केही पनि नगरेको आफूसँग प्रमाण रहेको जनाएको थियो ।

अमेरिकी विदेश मन्त्रालयकी एकजना प्रवक्ताले सिरियासँग सही खालको अस्त्र र त्यसलाई प्रयोग गर्ने साधन रहेको बताएका थिए ।

सिरियामा महत्वपूर्ण रूपमा सैन्य उपस्थिति भएको रुसले हमलालाई बेलायतले उक्साउनका लागि प्रयोग गरिरहेको आरोप लगाएको छ । तर त्यो आरोपलाई बेलायत सरकारले अस्वीकार गरेको छ ।

शनि, बैशाख १, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विदेश समाचार

टर्की, १ असाेज ।

इस्तानबुलको तेस्रो विमानस्थल निर्माणका समय श्रमिकलाई आवश्यक सुरक्षा नमिलाउँदा कामका शिलशिलामा श्रमिकको मृत्यु भएको भनी कामदारले गरेको आन्दोलनका क्रममा पक्राउ गरिएका ६०० जनामध्ये १६० जनालाई आइतबार रिहा गरिएको छ ।

आन्दोलनलाई कमजोर पार्न सरकारी सुरक्षाकर्मीले सहभागी सयाँैलाई शुक्रबार पक्राउ गरेको थियो । श्रमिकको पक्राउपछि आक्रोशित कामदारले पक्राउ परेका श्रमिकको रिहाइ र उनीहरूको मागका लागि देखाएको ऐक्यवद्धतापछि सरकार एक कदम पछि हटेको हो ।

सबै क्षेत्रमा गरी करिब ३५ हजार कामदार विमानस्थल निर्माणका लागि लगाइएको र आगामी महिनासम्म विमानस्थलको निर्माण सम्पन्न गर्ने सरकारको योजनालाई श्रमिकको आन्दोलनले प्रभावित तुल्याएपछि सरकारले केही प्रदर्शनकारीलाई सुरक्षा नियन्त्रणमा लिएको थियो ।

विमानस्थल निर्माणका क्रममा २७ जनाको ज्यान गएको भएपनि आधाभन्दा बढीको मात्रै कामका शिलशिलामा ज्यान गुमेको टर्कीको यातायात मन्त्रीद्वारा सार्वजनिक तथ्याङ्कमा रहेको छ ।

श्रमिक यूनियनका प्रमुख देभ यापी इजले बताउनुभयो, “श्रमिकहरूको यूनियनको पहलमा भएको आन्दोलनमा सरकार पछि हटेको छ । पक्राउ परेका ६०० मध्ये १६० जनालाई रिहा गरिएको छ । ”

“हामीलाई अरु साथिको बारेमा जानकारी आएको छैन । यसबारे नत हाम्रो वकीललाई थाहा छ न हाम्रो पक्षधर सांसदलाई नै ।” उहाँले इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

यसैबीच विमानस्थल निर्माण कम्पनी आइजीएले आफ्नो व्यवस्थापनले श्रमिकसँग वार्ता शुरु गरेको जनाउँदै समस्याको सकेसम्म छिटो समाधान निकाल्ने बताएको छ । उक्त बिषयमा पक्राउ परेका अन्य कामदारलाई पनि प्रक्रिया पु¥याएर छोडिने प्रशासनले प्रतिवद्धता जाहेर गरिसकेको आइजीएले बताएको छ ।

इस्तानबुल विमानस्थलमा आन्दोलनपछि १६० श्रमिक रिहा

Like us On Facebook

Follow Us On Twitter