काठमाडौं डीपीएलको फाइनलमा, उपाधिका लागि धनगढीसँग प्रतिस्पर्धा गर्ने


कैलाली, चैत २९ ।
धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा महेन्द्रनगर युनाईटेडलाई पाँच विकेटले हराउँदै काठमाडौं गोल्डेन्स फाइनलमा पुगेको छ ।

भोली हुने डीपीएल क्रिकेटको फाइनलमा टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्स प्रतिस्पर्धा गर्नेछन् ।

महेन्द्रनगरले दिएको एक सय ४३ रनको लक्ष्य काठमाडौं गोल्डेन्सले १० बल बाँकी रहँदै ५ विकेट गुमाएर पूरा गरेको हो ।
काठमाडौंका लागि आक्रामक ब्याटिङ गरेका सुबोध भाटीले १८ बलमा ५२ रन बनाए । उनले १७ बलमै ५० रन बनाउँदै प्रतियोगितामै सबैभन्दा छिटो अर्धशतक हान्ने खेलाडी बनेका छन् । उनले ४ चौका र ५ छक्कासहित ५२ रनको योगफल तयार पारेका हुन् । त्यस्तै काठमाडौंका लागि अनिल श्रेष्ठ २६, ज्ञानेन्द्र मल्ल २५, भूपेन्द्र थापा १५ रनमा आउट भए ।

बलिङतर्फ महेन्द्रनगरका लागि पुनित मेहराले २ तथा भूवन कार्की, पुनत बिष्ट तथा रोबीन क्षेत्रीले समान एक–एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४२ रन बनायो । निकै खराब सुरुवात गरेको महेन्द्रनगरले १०रन बनाउँदा ६ विकेट गुमाएको थियो । उसका ५ खेलाडीले खाता नै खोल्न सकेनन ।
निकै दबाबमा रहेको महेन्द्रनगरका आरिफ शेख र पुनित मेहराले सातौँ विकेटका लागि आरिफ शेख र पुनित मेहराले ८५ रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हाले ।

तर आरिफ ४३ रनमा पेभेलियन फर्किएपछि महेन्द्रनगरले ९५ रनमा सातौँ विकेट खेर फाल्यो । त्यसपछि आठौं विकेटकालागि पुनित करण केसीले ४६ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए ।

करणले १२ बलमा २१ रन बनाए । उत्कृष्ट ब्याटिङ गरेका पुनित मेहराले ५८ रन बनाए । ४१ बलमा उनले चार चौका र चार छक्का प्रहार गरेका थिए ।

बलिङ तर्फ काठमाडौंका सन्नी पटेलले ६ विकेट लिए । चार ओभरमा १० रन खर्चदै उनले विराटनगरको पारीलाई कमजोर बनाए । जारी प्रतियोगितामा एकै खेलमा ६ विकेट लिने सन्नी पहिलो खेलाडी हुन ।

बिहि, चैत्र २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य खेलकुद समाचार

Like us On Facebook

Follow Us On Twitter