तालिबानको आक्रमणमा गभर्नरसहित बाह्र सुरक्षाकर्मीको मृत्यु


एजेन्सी २९ चैत ।
अफगानिस्तानको पूर्वी प्रान्त गजनीको खब्जा ओमारीमा रहेको जिल्ला प्रमुख कार्यालयमा तालिबान लडाकुले आक्रमण गर्दा जिल्ला गभर्नरसहित १२ व्यक्तिको मृत्यु भएको छ ।

खब्जा ओमरी जिल्लामा रहेको सुरक्षा जाँच चौकीमा स्थानीय समयाअनुसार आज ३ बजे तालिबान समूहले आक्रमण गरेका थिए ।

आक्रमणपछि भएको दोहोरो गोली हानाहानमा करिब ४० तालिवान लडाकु पक्राउ पुर्नका साथै अरु केही घाइते भएका सुरक्षास्रोतले जानकारी दिएको छ ।

यद्यपी तालिबान समूहले भने आक्रमणबाट खब्जा ओमरी जिल्लाको प्रहरी जाँच कार्यालय कब्जा लिएको दाबी गरेको छ ।
तर प्रान्तीय प्रहरी प्रवक्ता मोहमद जमानले तालिबान र सुरक्षा अधिकारीबीचको झडपको पुष्टि गर्दै तालिबानले कब्जा गरेको भनी गरेको दाबी भने अस्विकार गर्नुभएको छ ।

बिहि, चैत्र २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया