सैनिक विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५० नाघ्यो


२८ चैत,काठमाडौं । अल्जेरियामा एक सैनिक विमान दुर्घटना हुँदा कम्तीमा २५० जनाको मृत्यु भएको छ । अल्जेरियाको राजधानी अल्जियर्समा रहेको बौफरिक सैन्य विमानस्थलनजिक बुधबार बिहान उक्त विमान दुर्घटना भएको हो ।बीबीसीकाअनुसार मृतकहरुमा २६ जना पोलिसारियो फ्रन्टका सदस्यहरुसमेत रहेका छन् । बौफरिक सैन्य विमानस्थलबाट उडान भरेको केही समयमै विमान दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन । मृतकको संख्या सम्बन्धमा अहिलेसम्म सरकारी औपचारिक सूचना सार्वजनिक गरिएको छैन ।

दुर्घटनामा घाइते भएकाहरुलाई एम्बुलेन्सबाट अस्पताल लगिएको छ । सैन्य प्रमुखले दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको त्यहाँको रक्षा मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । चार वर्षअघि अल्जेरियामा एक विमान दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको थियो । यस्तै उता रुसमा पनि बिमान दुर्घटना भएको खबर छ ।

प्रत्यक्षदर्शीहरुले दिएको जानकारीअनुसार उनीहरुले आगोको लप्काले छोपिएको विमान मस्कोको दक्षिण पूर्वमा पर्ने एक गाउँमा खसेको देखेका थिए। उडेको केहीबेरमा दुर्घटना भएको विवरणहरुमा जनाइएको छ। डेमडयड्भ विमानस्थलबाट उडेको दुई मिनेटमै विमानको राडार सम्पर्क टुटेको थियो। बिमान दुर्घटनापछि आपतकालीन सेवाका उद्धारकर्ताहरु घटनास्थलमा पुगिसकेका छन्।

दुर्घटनामा परेको एन्टोनोभ १४८ विमान आन्तरिक उडानका क्रममा थियो। काजकस्तानसँगको सीमा नजिकैको एक शहर जान विमानले उडान गरेको थियो। विमानको सञ्चालक सारातोफ एयरलायन्सलाई सुरक्षासम्बन्धी प्रावधान उल्लंघन गरेको भन्दै झण्डै तीन वर्षअगाडि प्रतिबन्ध लगाइएको थियो।

उक्त एयरलायन्सका एक जना नजिकका नातेदारलाई विमानको ककपिटमा पाइएपछि त्यस्तो कारबाही गरिएको थियो। पछि उक्त प्रतिबन्धविरुद्ध अपिल गर्दै उसले केही नीतिमा सुधार गरेपछि सन् २०१६ बाट अन्तर्राष्ट्रिय चार्टर उडान गर्ने अनुमति पाएको थियो।

बुध, चैत्र २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विदेश समाचार

टर्की, १ असाेज ।

इस्तानबुलको तेस्रो विमानस्थल निर्माणका समय श्रमिकलाई आवश्यक सुरक्षा नमिलाउँदा कामका शिलशिलामा श्रमिकको मृत्यु भएको भनी कामदारले गरेको आन्दोलनका क्रममा पक्राउ गरिएका ६०० जनामध्ये १६० जनालाई आइतबार रिहा गरिएको छ ।

आन्दोलनलाई कमजोर पार्न सरकारी सुरक्षाकर्मीले सहभागी सयाँैलाई शुक्रबार पक्राउ गरेको थियो । श्रमिकको पक्राउपछि आक्रोशित कामदारले पक्राउ परेका श्रमिकको रिहाइ र उनीहरूको मागका लागि देखाएको ऐक्यवद्धतापछि सरकार एक कदम पछि हटेको हो ।

सबै क्षेत्रमा गरी करिब ३५ हजार कामदार विमानस्थल निर्माणका लागि लगाइएको र आगामी महिनासम्म विमानस्थलको निर्माण सम्पन्न गर्ने सरकारको योजनालाई श्रमिकको आन्दोलनले प्रभावित तुल्याएपछि सरकारले केही प्रदर्शनकारीलाई सुरक्षा नियन्त्रणमा लिएको थियो ।

विमानस्थल निर्माणका क्रममा २७ जनाको ज्यान गएको भएपनि आधाभन्दा बढीको मात्रै कामका शिलशिलामा ज्यान गुमेको टर्कीको यातायात मन्त्रीद्वारा सार्वजनिक तथ्याङ्कमा रहेको छ ।

श्रमिक यूनियनका प्रमुख देभ यापी इजले बताउनुभयो, “श्रमिकहरूको यूनियनको पहलमा भएको आन्दोलनमा सरकार पछि हटेको छ । पक्राउ परेका ६०० मध्ये १६० जनालाई रिहा गरिएको छ । ”

“हामीलाई अरु साथिको बारेमा जानकारी आएको छैन । यसबारे नत हाम्रो वकीललाई थाहा छ न हाम्रो पक्षधर सांसदलाई नै ।” उहाँले इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

यसैबीच विमानस्थल निर्माण कम्पनी आइजीएले आफ्नो व्यवस्थापनले श्रमिकसँग वार्ता शुरु गरेको जनाउँदै समस्याको सकेसम्म छिटो समाधान निकाल्ने बताएको छ । उक्त बिषयमा पक्राउ परेका अन्य कामदारलाई पनि प्रक्रिया पु¥याएर छोडिने प्रशासनले प्रतिवद्धता जाहेर गरिसकेको आइजीएले बताएको छ ।

इस्तानबुल विमानस्थलमा आन्दोलनपछि १६० श्रमिक रिहा

Like us On Facebook

Follow Us On Twitter