६ लाख बढी बालिकाका लागि क्यान्सर विरुद्धको खोप अभियान


काठमाण्डौ,  चैत्र २८ ।
तान्जिनियामा ६ लाख बढी बालिकाका लागि पाठेघरमा हुने क्यान्सर विरुद्धको खोप अभियान सुरु गरिएको छ ।

विशेषत ९ देखि १४ वर्ष उमेर समुहका बालिकालाई सानै उमेरमा क्यान्सर प्रतिरोधात्मक क्षमता वृद्धि गराई सुरक्षित बनाउने उदेश्य अनुरुप सो अभियान सुरु गरिएको सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पछिल्लो समय पाठेघरको क्यान्सर रोगीको संख्या बढ्न थालेपछि रोकथामको उपाय खोज्नुभन्दा रोगै लाग्न नदिने रणनीति अनुरुप खोप अभियान सुरु गरिएको तान्जिनिया सरकारले जनाएको छ ।

बुध, चैत्र २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विदेश समाचार

टर्की, १ असाेज ।

इस्तानबुलको तेस्रो विमानस्थल निर्माणका समय श्रमिकलाई आवश्यक सुरक्षा नमिलाउँदा कामका शिलशिलामा श्रमिकको मृत्यु भएको भनी कामदारले गरेको आन्दोलनका क्रममा पक्राउ गरिएका ६०० जनामध्ये १६० जनालाई आइतबार रिहा गरिएको छ ।

आन्दोलनलाई कमजोर पार्न सरकारी सुरक्षाकर्मीले सहभागी सयाँैलाई शुक्रबार पक्राउ गरेको थियो । श्रमिकको पक्राउपछि आक्रोशित कामदारले पक्राउ परेका श्रमिकको रिहाइ र उनीहरूको मागका लागि देखाएको ऐक्यवद्धतापछि सरकार एक कदम पछि हटेको हो ।

सबै क्षेत्रमा गरी करिब ३५ हजार कामदार विमानस्थल निर्माणका लागि लगाइएको र आगामी महिनासम्म विमानस्थलको निर्माण सम्पन्न गर्ने सरकारको योजनालाई श्रमिकको आन्दोलनले प्रभावित तुल्याएपछि सरकारले केही प्रदर्शनकारीलाई सुरक्षा नियन्त्रणमा लिएको थियो ।

विमानस्थल निर्माणका क्रममा २७ जनाको ज्यान गएको भएपनि आधाभन्दा बढीको मात्रै कामका शिलशिलामा ज्यान गुमेको टर्कीको यातायात मन्त्रीद्वारा सार्वजनिक तथ्याङ्कमा रहेको छ ।

श्रमिक यूनियनका प्रमुख देभ यापी इजले बताउनुभयो, “श्रमिकहरूको यूनियनको पहलमा भएको आन्दोलनमा सरकार पछि हटेको छ । पक्राउ परेका ६०० मध्ये १६० जनालाई रिहा गरिएको छ । ”

“हामीलाई अरु साथिको बारेमा जानकारी आएको छैन । यसबारे नत हाम्रो वकीललाई थाहा छ न हाम्रो पक्षधर सांसदलाई नै ।” उहाँले इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

यसैबीच विमानस्थल निर्माण कम्पनी आइजीएले आफ्नो व्यवस्थापनले श्रमिकसँग वार्ता शुरु गरेको जनाउँदै समस्याको सकेसम्म छिटो समाधान निकाल्ने बताएको छ । उक्त बिषयमा पक्राउ परेका अन्य कामदारलाई पनि प्रक्रिया पु¥याएर छोडिने प्रशासनले प्रतिवद्धता जाहेर गरिसकेको आइजीएले बताएको छ ।

इस्तानबुल विमानस्थलमा आन्दोलनपछि १६० श्रमिक रिहा

Like us On Facebook

Follow Us On Twitter