खुला आर्थिक नीतिमा चीनीयाँ राष्ट्रपति सीको जोड


एजेन्सी , २७ चैत ।
चीनीयाँ राष्ट्रपति सी जिनपिङले खुल्ला आर्थिक नीतिमा जोड दिइने बताउनुभएको छ । चीन र अमेरिकाबीच व्यापारिक युद्ध चलिरहेका बेला सीको यस्तो भनाई आएको हो ।

बोआओ फोरम फर एसियालाई सम्बोधन गर्दै सीले व्यापारिक क्षेत्रलाई लिएर शीतयुद्धको मानसिकता त्याग्न आवश्यक रहेको बताउनुभयो ।

पछिल्लो समय चीनबाट उत्पादित वस्तुमा अमेरिकाले भारी कर लगाएपछि राष्ट्रपति सीको यस्तो अभिव्यक्ति आएको हो ।

राष्ट्रपति सीले अमेरिकांसको व्यापारिक तिक्तता शान्त गर्न आफु प्रतिबद्ध रहेको बताउनुभएको छ ।

अमेरिकाको व्यापार नीतिलाई शान्त पार्न आफूले प्रयास गर्ने बताउनु भएको छ । राष्ट्रपति सीले आयात करमा कटौती गर्ने र चीनमा लगानी गर्ने विदेशी कम्पनीहरुका लागि खुकुलो नीति लागु गर्ने समेत उल्लेख गर्नु भयो ।

मङ्ल, चैत्र २७, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विदेश समाचार

टर्की, १ असाेज ।

इस्तानबुलको तेस्रो विमानस्थल निर्माणका समय श्रमिकलाई आवश्यक सुरक्षा नमिलाउँदा कामका शिलशिलामा श्रमिकको मृत्यु भएको भनी कामदारले गरेको आन्दोलनका क्रममा पक्राउ गरिएका ६०० जनामध्ये १६० जनालाई आइतबार रिहा गरिएको छ ।

आन्दोलनलाई कमजोर पार्न सरकारी सुरक्षाकर्मीले सहभागी सयाँैलाई शुक्रबार पक्राउ गरेको थियो । श्रमिकको पक्राउपछि आक्रोशित कामदारले पक्राउ परेका श्रमिकको रिहाइ र उनीहरूको मागका लागि देखाएको ऐक्यवद्धतापछि सरकार एक कदम पछि हटेको हो ।

सबै क्षेत्रमा गरी करिब ३५ हजार कामदार विमानस्थल निर्माणका लागि लगाइएको र आगामी महिनासम्म विमानस्थलको निर्माण सम्पन्न गर्ने सरकारको योजनालाई श्रमिकको आन्दोलनले प्रभावित तुल्याएपछि सरकारले केही प्रदर्शनकारीलाई सुरक्षा नियन्त्रणमा लिएको थियो ।

विमानस्थल निर्माणका क्रममा २७ जनाको ज्यान गएको भएपनि आधाभन्दा बढीको मात्रै कामका शिलशिलामा ज्यान गुमेको टर्कीको यातायात मन्त्रीद्वारा सार्वजनिक तथ्याङ्कमा रहेको छ ।

श्रमिक यूनियनका प्रमुख देभ यापी इजले बताउनुभयो, “श्रमिकहरूको यूनियनको पहलमा भएको आन्दोलनमा सरकार पछि हटेको छ । पक्राउ परेका ६०० मध्ये १६० जनालाई रिहा गरिएको छ । ”

“हामीलाई अरु साथिको बारेमा जानकारी आएको छैन । यसबारे नत हाम्रो वकीललाई थाहा छ न हाम्रो पक्षधर सांसदलाई नै ।” उहाँले इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

यसैबीच विमानस्थल निर्माण कम्पनी आइजीएले आफ्नो व्यवस्थापनले श्रमिकसँग वार्ता शुरु गरेको जनाउँदै समस्याको सकेसम्म छिटो समाधान निकाल्ने बताएको छ । उक्त बिषयमा पक्राउ परेका अन्य कामदारलाई पनि प्रक्रिया पु¥याएर छोडिने प्रशासनले प्रतिवद्धता जाहेर गरिसकेको आइजीएले बताएको छ ।

इस्तानबुल विमानस्थलमा आन्दोलनपछि १६० श्रमिक रिहा

Like us On Facebook

Follow Us On Twitter