राम बहादुर थापा(बादल) र बिप्लब- ईगो/दुश्मनी ?


जनयुद्धका शुरुवाती दिनहरुमा बादलको खुबै चर्चा हुन्थ्यो।सैन्य बिज्ञानमा पोख्त , ईन्जिनियर बादलले माओवादी सेनाको गठन,तालिममा उच्च योगदान भएको कुरा सुनिन्थ्यो।चाहे सेनाको निर्माण सम्बन्धमा होस वा यौन प्रकरणमा उनी सधै चर्चा मै रहे।युद्धको बिकास सँगसँगै माओवादीमा बिप्लब,प्रभाकर,अनन्त आदीको पकड र नेतृत्व बिकास हुदै गएपछि चाहिँ बादल अलि छायामा पर्दै गए।माओवादी भित्र पनि कुरा ठुल्ठुला गर्ने तर कार्यान्वयनमा अल्छी देखाउने मस्तराम भनेर उनको आलोचना भैरहन्थ्यो।

माओवादी शान्ती प्रक्रियामा आएपछि रक्षा मन्त्री बन्न सफल भए पनि बादलले केही करामत देखाउन सकेनन।साच्चै भनौभने सेनाले उनलाई स्विकार्दै स्विकारेन र उनले पनि सेनाको मन जित्न सकेनन।त्यतीखेर नेपाली सेना भित्र उनको नाम “Mr Cloud” को नामले चर्चित थियो।समग्रमा भन्दा बादल आलिअली गड्गडायो तर पानी पार्न सकेन।भलै सर्बसाधारण र युबाहरुको बिचमा बादलको फिल्मी हिरो जस्तो छवि भएको होस।

०६४ पछी माओवादीमा किरण पक्ष र प्रचण्ड पक्ष भनी अन्तरसंघर्स छताछुल्ल भयो।किरण पक्षमा नेतृत्व किरणको भनिए पनि यस्को आन्तरिक पक्ष र सँगठनहरुमा बिप्लबको योगदान रहेको कुरा छिपेको थिएन।बिप्लब बिस्तारै बैकल्पिक नेतृत्वको रूपमा बिकास भैरहेका थिए भने बादल चाहिँ प्रचण्ड कै नेतृत्वमा क्रान्ति सम्पन्न हुन्छ भन्दै उनैलाई साथ दिदै रहे।अन्तरसंघर्ष यति निर्मम हुँदै गयो कि ,अन्ततोगत्वा माओवादी फुट्यो।माओवादी फुट्दै गर्दा बादल पनि किरण /बिप्लबको पक्षमा आए।उनले चितवन पुगेर प्रचण्ड ईण्डियन जासुसी सँस्था “र” को एजेन्ट भएको घोषणा गरे।मोहन बैद्द्य ,किरणले नेतृत्व गरेको पार्टीले दोस्रो संबिधानसभाको निर्बाचन बहिष्कार गर्‍यो।सो बेलामा पार्टी भित्र चुनाव उपयोग गर्नुपर्छ भनी पम्फा भुसाल र हितमानहरुले खुबै बहस गरे,बास्तबमा चाहिँ बादलको नै योजना थियो तर बाहिर रत्नपार्क गएर भोटको बाक्सा फोर्ने नाटक गरे बादलले ।

अझ अगाडी बढ्दै ट्रकमा हतियार ल्याएर जनतालाई बाड्ने र कुनै हालतमा चुनाव हुन नदिने उत्तेजक भाषण गरे।व्यबहारमा भने माखो मारेनन,पार्टी कार्यालयमै एक महिना सम्म डेरा जमाएर मासुभात खाने काम भन्दा अरु केही भएन।त्यतिबेला नै बिप्लब भने दाङ,रोल्पा तिर जनाताको बिचमा गै चुनाव बहिष्कारको प्रचार गर्दै थिए।यी याबत तथ्यहरुको कारणले पनि बैध्य पार्टी भित्र पनि बादल नेताको रुपमा स्थापित हुन सकेनन।यता बिप्लबलाई सारा पार्टी पंङ्तीले नेता मान्दा बादल चाहिँ भित्रभित्रै जलनमा छट्पटीदै रहे।उतिबेलै देखि बिप्लब सँग खासै नबोल्ने वा रिष गर्ने गरेको चर्चा हुने गर्दथ्यो।पार्टी निर्माण र संगठनमा खासै योगदान नभए पनि पम्फा भुसाल ,देव गुरुङ ,हितमान ,दिनेश आदीलाई प्रयोग गरेर किरणलाई घेरा हाल्ने र बिप्लबलाई एकहद सम्म एक्ल्याउन चाहिँ सफलै थिए ,बादल ।अन्ततोगत्वा उक्त पार्टी भित्र पनि निर्मम संघर्ष शुरु भयो ,मोहन बैध्य सम्मानित नेता भएपनी उहाँले बादलको घेरा तोडन र बिप्लबलाई न्याय गर्न सक्नुभएन ।बादलहरु चितवनको जग्गा बेच्ने काण्डमा मुछिदै गए, त्यस्को विरुद्ध लागेका अनिललाई कारबाहीको फरमान जारी भयो ,बादल बाट ।कर्मचारी लगायत अन्य संगठनहरुलाई भताभुङ्ग पारे बादल र पम्फा भुसालले।

त्यतिबेला बिप्लबलाई को को भेटछन र के कुरा गर्छन भनी पत्ता लगाउन बादलको निर्देशनमा अनेकौं जासुसहरु सक्रिय थिए ,पार्टी भित्र।पार्टी भित्र बादल पक्षधरहरुले पेल्दै गए,पार्टी अध्यक्ष किरणको भुमीका महाभारतका धृतराष्ट्र जस्तो हुन पुग्यो।बिप्लबले शिबगढी (कपिलवस्तु ) मा छुट्टै भेला राखे,अन्ततोगत्वा सो पार्टी पनि फुट्यो र बिप्लबको नेतृत्वमा नयाँ पार्टीको जन्म भयो,एकीकृत जनक्रान्तीको कार्यदिशा सहित।
म यहाँ के कुरा स्पष्ट पार्न चाहन्छु भने बादल र बिप्लब बिचमा पछिल्लो चरणमा कहिल्यै पनि कमरेडी सम्बन्ध भएन,बादल सधै त्रसित हुन्थ्ये बिप्लब सँग।बादल इगोइज्म र हिनताबोधको शिकार भएका थिए,जुन एक प्रकारको मनोरोग हो।बिप्लबले नयाँ पार्टी गठन गरेपछी बादल चाहिँ आफ्नो ब्याक्तीगत भबिष्यको चिन्ताले ग्रसित भए, जतासुकै अँध्यारो देख्न थाले।फलस्वरूप मोहन बैध्य समेतलाई लात हान्दै प्रचण्डमा बिलिन हुन पुगे र पुरस्कार स्वरुप गृहमन्त्रीको जागिर खाइरहेका छन।
यो कुरा स्पष्ट छ- बादल सधै बिप्लबलाई सिध्याउन वा निमिट्यान पार्न चाहन्छन।आजकल यो व्यबहार बाट पनि स्पष्ट भैसकेको छ,नत्र शान्तीपुर्ण कार्यक्रममा यत्तिको दमन के को लागि ??बिप्लब आफू सहित मुख्यमुख्य नेताहरू भुमीगत जस्तै भएका छन ,कार्यकर्ताहरु जहितही बाट गिरफ्तारीमा परिरहेका छन,यस्मा बादलको ठाडो आदेशले काम गरेको छ।केही समय पहिला एउटा कुरा चर्चामा आयो :-बिप्लब नेतृत्वको कम्युनिस्ट पार्टीको सम्पुर्ण सुचना गृह मन्त्रालयले संकलन गर्न गृहमन्त्रीको कडा सर्कुलर जारी भयो ,जस्मा पार्टी सदस्य सहित समर्थक समेतको रेकर्ड ,सैन्य क्षमताको आकलन,जन बर्गिय संगठनका नेताहरूको रेकर्ड आदि ,ईत्यादी मागिएको छ।यी सब बकवास हुन,सबै कुराको जानकारी गृहमन्त्रीको जागीर खाइरहेका बादल आफै जान्दछ्न।उनको गृह मन्त्रालय र खुफिया एजेन्सी भन्दा जानिफकार छन उनी।मातहतका निकाय बाट आएको सुचनामा उनी आफैले थपघट गर्दा हुन्छ।अन्त्यमा म यो स्पष्ट गर्न चाहन्छु- बिप्लब त समयको कठोर परिक्षामा छन,उनी सफल / असफलता जे पनि हुन सक्लान।कतिले उनलाई आसाको दियो मान्लान,कतिले विध्वंस को झिल्को पनि मान्न सक्छ्न।तर बिप्लबलाई सिध्याउछु भनेर कम्मर कसेका बादलको हार बाहेक अरु बिकल्प छैन ।यो राजनैतिक मुद्दा हो, दमनको बाटो अख्तियार नगर,बादललाई त चेतना हुनै पर्ने हो ,बेलैमा चेतना भया !!
लेखक:- एम डी

आइत, चैत्र २५, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विचार-ब्लग समाचार