कोशी टप्पुमा बदेलको चोरी शिकारी बढयो ! मारेको बदेल छोडेर भागे शिकारीहरु


कोशी टप्पुमा बदेलको चोरी शिकारी बढेकाे छ । पटक पटक चोरहरुले बदेल मारेर खाने गरेका छन ।
यसैक्रममा सुनसरीको वराहक्षेत्र नगरपालिका–५ स्थित अमाह सामूदायिक वनमा शिकारीहरु मारेको बदेल छोडेर भागेका छन् ।
गत आइतबार दिउसो शिकारीहरु पक्राउ पर्ने डरले भागेका हुन् । शिकार खेल्न शिकारीहरु जंगलमा पसेको सूचना पाए लगत्तै सामूदायिक वनका पदाधिकारीहरु, सेक्टर वनका रक्षकहरु, तरहरा र धरानबाट समेत विषेश टोली तत्कालै परिचालित भएको थियो ।
जंगलमा फायरिङ् भएपछि सुरक्षा टोलीले बन घेराउ गरेको वनका अध्यक्ष भोजराज घलेले जानकारी दिए । वनका कर्मचारीहरुले घेरा हालेको थाहा पाएपछि शिकारीहरु फरार भएको हुनसक्ने आशंका गरिएको छ ।
फरार हुने क्रममा शिकारीहरुले मृत बदेललाई घाँसपातले छोपेको अवस्थामा फेला पारिएको थियो । मृत बदेललाई सुनसरी जिल्ला वन कार्यालयवाट मुचुल्का उठाई पोष्ट माटम गरी खाडलमा गाड्ने बताईएको छ ।
शिकारीहरुले बदेल मार्ने क्रममा ४ पटक फायरिङ् गरेका थिए । तर शिकारमा कसको संलग्नता थियो भन्ने प्रमाण नजुट्ता कसैलाई नियन्त्रणमा लिन नसकिएको अध्यक्ष घलेले वताए ।

बुध, चैत्र २१, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार