यूएस बंगला विमान दुर्घटनाकी घाइते प्रिन्सी धामीको मृत्यु, को हुन् प्रिन्सी ?


१६ चैत्र,काठमाडौं । प्रिन्सी धामीको पनि उपचारको क्रममा निधन भएको छ । उपचारको क्रममा भारतको नयाँ दिल्लीमा विहीबार धामीको निधन भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा यूएस बंगलाको जहाज दुर्घटनामा परी गम्भीर घाइते धामीको उपचार नेपालमा हुन नसकेपछि भारत लगिएको थियो । उक्त विमानमा बंगलादेशमा एमबीबीएस अध्ययन सकेर धामीसहित १३ जना नेपाली विद्यार्थी फर्कदै थिए ।

अछाम मंगलसेन स्थायी घर भएकी धामी पढाइमा सानैदेखि अब्बल भएकी प्रिन्सीले काठमाडौंको जमलमा रहेको भानुभक्त मेमेरियल स्कुलबाट एसएलसीमा डिस्टिङसन श्रेणीमा पास गरेकी थिइन् । त्यसपछि लैनचोरको निस्ट कलेजबाट विज्ञानमा ७४ प्रतिशत ल्याई उच्च मावि तह पास गरिन् ।

सानैदेखि डाक्टर पढ्‍ने सपना थियो प्रिन्सीको । घर परिवारलाई पनि छोरी डाक्टर बनेको सपना थियो । त्यो सपना पूरा गर्न प्रिन्सीका बुबा मनोज धामी वैदेशिक रोजगारीमा गए । दुबैमा पसिना बगाउँदै डाक्टर पढाएका थिए ।

मनोजको परिवार काठमाडौं बसुन्धारा बस्दै आएको थियो । मनोज दम्पतीको एक मात्र चाहना थियो, प्रिन्सीको राम्रो भविश्य, छोरी डाक्टर बनेको । त्यो चाहना पूरा पाएन नै जीवनभर एक्लो महशुस गर्नुपर्ने बाध्‍यता सिर्जना भएको छ । प्रिन्सी अछाममै जन्मिएकी हुन् । छोरीलाई राम्रो शिक्षा दिन मनोज काठमाडौं झरेका थिए ।

छोरीको राम्रो भविश्यकै लागि मनोजले दुबईमा सुरक्षाकर्मीको रुपमा काम थाले । छोरी डाक्टर बनाएर मत्रै दुबईबाट विदा हुने योजना मनोजको थियो ।

धामी दम्पतीको सबै योजना र सपना फागुन २९ गते सीसा फुटेझैं झुराझुरा भए । यूए बंगलाको विमानमा पढाइ सकेर घर फर्कदै गर्दा प्रिन्सी दुर्घटनामा परिन् । उनीसहित १३ जना एमबीबीएस पढेर नेपाली विद्यार्थी फर्केका थिए । दुर्घटनामा परी गम्भीर घाइते भएकी प्रिन्सीलाई उपचारको लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको आइसीयु ५०५ नम्बर बेडमा भर्ना गरियो ।

छोरी दुर्घटनामा परेको खबर सुनेपछि बुबा मनोज युएईको दुबईबाट नेपाल अाए । केही थप उपचारको लागि प्रिन्सीलाई भारतको नयाँ दिल्ली लगिएको थियो । तर बाचिनन् ।

बंगलादेशको राजीव रवेया मेडिकल कलेजबाट एमबीबीएस अन्तिम वर्षको परीक्षा सकेर फर्केन क्रममा विमानमा चढ्‍नुभन्दा पहिला प्रिन्सीले घरमा फोन गरेकी थिइन् ।

यात्रु र चालक दल गरी ७१ जना सवार जहाजमा बंगलादेशको ढाका विमानस्थलबाट दिउँसो साढे १२ बजे काठमाडौंका लागि उडेको थियो। नेपाल पुग्दा दिउँसोको २ बजिसकेको थियो। जहाजका चालक थिइन् पृथुला रसिद। घाइते पाइलट पृथुला पनि बाचिनन् ।

यस्तो छ संवाद अन्तर्राष्ट्रिय विमानस्थलको कन्ट्रोल रुम र पाइलटबीचको संवाद 

कन्ट्रोल रुमः वांगला स्टार २११ । म फेरि भन्छु, रन वे २ जिरो तिर नजानुस् । अहिले जुन पोसिजनमा छ, त्यहीँ रहनुस् ।

पाइटलः ओके । हामी दायाँ फन्को लिँदैछौं । रन वे ० २ तर्फ हेर्दैछौं ।

कन्ट्रोल रुमः ठीक छ तर, तुरुन्तै अवतरण नगर्नुस् । छोटो रन वे प्रयोग गर्ने ट्राफिक -जहाज) त्यहाँ छ ।

… बुद्ध एयर ३५२ एकछिन होल्ड गर्नुस् ।

यसैवीच कन्ट्रोल रुमका कर्मचारीहरुको आन्तरिक सम्वाद सुनिन्छ- यो जिरो टू र टू जिरोमा अलमलिए जस्तो छ । यति एयरलाइन्सका पाइलट रमेश श्रेष्ठले यो सम्वाद सुनिरहेका थिए र विमानलाई पनि नियालिरहेका थिए, त्यहाँ उनले भनेको सुनिन्छ- यो कतातिर जाला जस्तो छ । यसलाई राडर भेक्टर प्रयोग गरेर ठाउँमा ल्याउनुपर्छ जस्तो छ । डाँडाकाँडामा भिजिविलिटी राम्रो छैन । (राडर भेक्टर प्रयोगका लागि पाइलटले माग गर्नुपर्छ र कन्ट्रोलले आवश्यक निर्देशन दिएर अवतरण गराउँछ )

कन्ट्रोल रुमः वांगला स्टार २११ । रनवे ल्याण्डका लागि तयार छ । रन वे जिरो टू र टू जिरो दुबै उपलब्ध छ । कुनमा गर्ने ?

पाइटलः यस सर । हामी टू जिरोमा अवतरण गर्न चाहन्छौं ।

कन्ट्रोल रुमः हुन्छ रेन वे टू जिरोमा ल्याण्ड गर्नुस् ।

पाइटलः हुन्छ । अवतरणको प्रयास गर्छौं ।

(केहीबेर कुनै सम्वाद हुँदैन । फेरि कन्ट्रोलरुममा सम्वाद हुन्छ- जिरो टू मा गयो जस्तो छ ।)

कन्ट्रोल रुमः वांगला स्टार २११ । तपाईँले रनवेलाई देखिराख्नुभएको छ ? कन्फ्रम गर्नुस् ।

पाइटलः अहँ छैन ।

कन्ट्रोल रुमः वांगला स्टार २११, दायाँ मोडिनुस् । …. रनवे अझै देख्नुभएको छैन ?

पाइटलः रन वे देख्यौं । अवतरण गर्ने अनुमति दिनुस् ।

कन्ट्रोल रुमः वांगला स्टार २११, अवतरण गर्नुस् ।

पाइटलः रन वे जिरो टू

कन्ट्रोल रुमः रन वे जिरो टू मा अवतरण गर्नुस् ।

कन्ट्रोल रुमः आर्मी ५-३ ! बंगला स्टार २११ ले रनवेको फन्को मारिरहेको छ, एकछिन होल्ड गर्नुस् । अहिलेको पोजिसनमा एकछिन होल्ड गर्न सक्नुहुन्छ ?

आर्मी ५-३- हुन्छ ।

(कन्ट्रोलले लगत्तै आर्मी ५-३ ले होल्ड गरिरहेको जानकारी दिन्छ ।)

कन्ट्रोल रुमः ९ लिमा ट्यांगो ! अहिलेकै स्थानमा बसिरहनुस् ।

पाइटलः सर, हामीलाई अवतरण गर्ने अनुमति छ ?

(केहीबेर सम्वाद सुनिँदैन, एक्कासी कन्ट्रोलले चेतावनी दिन्छ)

कन्ट्रोल रुमः बंगला स्टार २११, म फेरि भन्छु, त्यसो नगर्नुस् ।

कन्ट्रोल रुममा आवाज आउँछ- फायर ! फायर !

त्यसपछि लगातार केही आवाज आउँछ तर कुनै सम्वाद छैन । कन्ट्रोलले सिम्रिक १-० लाई होल्ड गर्न भन्छ । त्यसबीचमा कन्ट्रोलको अरु विमानसँग सम्वाद हुन्छ । कुनै विमानले के छ भनेर सोध्छ, रन वे बन्द छ भन्ने भन्ने जवाफ आउँछ । त्यसैबीचमा विमानस्थल नै बन्द भएको सूचना आउँछ । बंगला विमानका पाइलटसँग कुनै सम्वाद हुँदैन ।

दक्षिणकाली क्षेत्रमा होल्ड भइरहेको विमानले अवतरणका लागि अनुमति माग्छ । कन्ट्रोलले रन वेको पश्चिमतिर रहन र एक माइल टाढा रहँदा फेरि खबर गर्न भन्छ । केहीबेरमै कन्ट्रोलले लिमा ट्याङ्गो र आर्मी ५-३ लाई रनवे २ जिरोमा अवतरण गर्न अनुमति दिन्छ । कन्ट्रोलले बुद्ध, यति र सौर्य एयरका विमानलाई अहिलेकै अवस्थामा रहन र इन्जिन बन्द गर्न निर्देशन दिन्छ ।

त्यसबीचमा कन्ट्रोललाई कसैले सोध्छ- यो कुन विमान हो ? जवाफ आउँछ- विमान बंगला ।

यसबीचमा होल्डमा रहेको विमान आर्मी ५-३ ले २ जिरोमा अवतरण गर्ने अनुमति पाउँछ ।

कन्ट्रोलले होल्डमा रहेका विमानहरुलाई एयरपोर्ट बन्द रहेको भन्दै लखनउ वा बनारस जान भन्छ । विमान दुर्घटना भएका कारण बन्द भएको जानकारी गराउँछ ।

बंगला विमानको टावरसँग सम्वाद नभएको झण्डै १२ मिनेटपछि कन्ट्रोलले विमान दुर्घटना भएको जानकारी गराउँछ ।

शुक्र, चैत्र १६, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter