चर्चित गायन रियालिलिटी शो ‘द भ्वाईस अफ नेपाल’ सुरु हुँदै


काठमाडौं । विश्वभर चर्चित गायन रियालिलिटी शो ‘द भ्वाईसुको नेपालीफ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’कान्तिपुर एच डी टेलिभिजनबाट प्रशारण हुने भएको छ । कार्यक्रमको लागि एच डी टेलिभिजन नै हुनु पर्ने भएकोले उक्त शो कान्तिपुर एच डी बाट प्रशारण हुने भएको हो ।
एएनसी प्रोडक्सन एजेन्सीले निर्माण गर्ने यस रियालिटी शोलाई ुनेपाल आइडलु निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गर्दैछन्। असारबाट प्रशारण हुने भनिएको यस कार्यक्रम विश्व कप फुटबलको कारण साउनबाट प्रशारण हुने एएनसीका अध्यक्ष प्रह्लादसिंह महतले बताएका छन् ।
उक्त रिलायाली शोमा फिरोज तिमल्सिना प्रमुख सहायक निर्देशकको रुपमा रहेका छन्। सुशील नेपालले सञ्चालन गर्ने उक्त शोको निर्णायकको भूमिकामा वरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा रहने छन्।
‘द भ्वाईस अफ नेपाल’को विजेतालाई ‘भ्वाईस अफ नेशन’ घोषणा गरिने छ। विजेताले २५ लाख नगद, नयाँ कार, २० लाख बराबरको भिडियो एल्बमको सम्झौता तथा विश्व भ्रमणको अवसर प्राप्त गर्नेछन्।

शुक्र, चैत्र १६, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया