बौद्धिक उपन्यास सुवर्णलता


मालिकाकेशरीको उपन्यास सुवर्णलताबौद्धिक चेतना भरिएको उपन्यास भन्दैआज एक भब्यकार्यक्रमबिच कृतिको अन्तरसंवाद सम्पन्नभयो । साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको उक्तकार्यक्रमाअमर न्यौपाने, समालोचकडा. राम प्रसाद ज्ञवाली र प्रा. रामलोहनीले कृतिको वारेमाआफ्नो धारणा राख्नु भएको थियो ।
कृतिको वारेमाबोल्दै साहित्यकार न्यौपानेले भन्नुभयो, ‘नेपालीउपन्यास बजारमा यो उपन्यास आफ्नो छुट्टै पहिचानका साथउभिन सफल छ । उपन्यास केहीलामो भएकाले केहीबोझिलो लाग्न सक्छ तर यसकाभावले पाठकलाई अन्यत्रभाग्नदिदैन । अत्यन्त सरल भाषाप्रयोग गरेर लेखिएको उपन्यास बुझ्न सहज छ । उपन्यासकीनाइका सुवर्णलतापच्चिस सय वर्षभन्दाज्यादाजीवीतहुनु र उनमाशारीरिक क्षयनहुनु केहीअपत्यारीलातथ्यलागे पनिउपन्यास लेखनमा यस्ता कुरा मान्यहुने धारण ब्यक्त गरे ।’
यसै गरि अर्का वक्ता डा. राम प्रसाद ज्ञवालीले केशरीको उपन्यास सुवर्णलताले पाठकलाई सुरुदेखि अन्त्यसम्मबाध्ने आर्कषण रहेको बताए । लेखकले मायाप्रेमसँगै ग्रामीण र शहरी परिवेशकापात्रहरुलाई बौद्धिक तवरले प्रस्तुत गरेका छन् । उपन्यासमाबौद्धदर्शन नै नबुझेका पाठकहरुले बुद्धको वाणी सहजै बुझ्ने भाषाप्रयोग गरिएको भन्दै केशरीमागहिरो बौद्धधर्मको चेतना रहेको विचार प्रस्तुत गरे ।
प्रा. रामलोहनीकाअनुसार,‘उपन्यासले फरक विषय वस्तु उठाएको छ । पाठकजुनकथामाप्रवाहितभइरहेको हुन्छ उपन्यासको मध्यभागमापुग्दाअर्कै संसारमा बिचरण गर्न पुग्छ । त्यो संसार हो बुद्धको संसार । उपन्यासमा बुद्धजीवितै हुन्छन् । बुद्धसँगउपन्यासकीनाईकाको बार्तालाप र प्रेम प्रस्ताबअत्यन्तमार्मिक छ । भोग र त्यागमाकसको विजयहोला त भन्ने प्रश्नमाबाँधिएर पाठकहरु रोमाञ्चकहुँदै अत्यसम्मपुग्नहतारिने विस्वास उनले ब्यक्त गरे ।’
लेखक केशरीले पाठकबाट पाएको मायाले नयाँउर्जा प्राप्तभएको भन्दै आफूमाथिनयाँजिम्मेवारी थपिएको बताएकाथिए । आफ्नो प्रयासलाई पाठकले मनपराएकै कारण बजारमाआएको छोटो समयममै सुवर्णलताको दोस्रो संस्करण आउनलागेको पनिउनले खुलासा गरे । उपन्यास सांग्रिलाबुक्सले बजारमाल्याएको हो ।

आइत, चैत्र ११, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य कला-साहित्य समाचार

Like us On Facebook

Follow Us On Twitter