ठाकुरलाई उपराष्ट्रपति बनाउने अाेलीकाे प्रस्ताव पछि प्रचण्ड तनावमा !


काठमाण्डाै , २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई उपराष्ट्रपति बनाउन प्रस्ताव गरेपछि माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थप तनावमा परेका छन् ।

वाम गठबन्धनबाट माओवादी केन्द्रको भागमा परेको उपराष्ट्रपति पद राजपालाई दिने ओलीको प्रस्तावलाई प्रचण्डले समर्थन गरेका छैनन् ।

प्रचण्डले ठाकुरको नाममा समर्थन जनाउन नसकिने जवाफ प्रधानमन्त्री ओलीलाई दिएको प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार प्रचण्ड वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै दोहोरनुपर्ने अडानमा छन् ।

यसअघि ओली–प्रचण्डबीच उपराष्ट्रपतिबारे सहमति भएपनि राजपालाई सरकारमा सहभागी गारउन ओलीले अध्यक्ष ठाकुरलाई यस्तो प्रस्ताव गरेका हुन् ।जनपाटी

मङ्ल, फाल्गुन २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter