केन्द्र सार्ने विषयमा विवाद ,मेयर र उपमेयरबीच कुटाकुट !


धनुषाको हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल तथा उपमेयर रेनु देवी झाबीच भएकाे बिबाद बढ्दा हात हालाहाल भएकाे छ  ।

मेयर उपमेयरबीच तीव्र विवाद सुरु भएको छ । मेयर समर्थक तथा बघचौडाबासीबीच आज केन्द्र सार्ने विषयमा हात हालाहाल नै भएको हाे।

बघचौडामा रहेको नगरपालिकाको केन्द्र सार्न नगरप्रमुख मण्डलले विशेष भेला बोलाउन लागेको उल्लेख गर्दै आज बघचौडावासीहरुले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका थिए ।

तालाबन्दी खोलाउन छलफल गर्न गएका प्रमुख मण्डल तथा बघचौडावासी बीच हाल नै हालाहाल भएको हो ।

मङ्ल, फाल्गुन २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया