दलाल व्यवस्थाको अवैज्ञानिक नीतिले नेपालमा विमान दुर्घटना बढ्याे:नेकपा


काठमाण्डाै , २९ फागुन । 

नेपाल कम्युनिस्ट पार्टीले राज्यकाे वैज्ञानिक र व्यवहारिक नीति नहुनुकाे कारणले नेपालमा पटक पटक ठूला विमान दुर्घटनाहरू भएकाे बताएकाे छ ।

नेकपाका प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डले अाज एक विज्ञेप्ती जारी गर्दै हुनुमा केही मात्रामा प्राविधिक कारण भए पनि मुख्यत  पूरानाे दलाल संसदीय व्यवस्थाकाे नितीकै कारण दुर्घटना दाेहाेरिने गरेकेा बताउनु भएकाे छ ।

विमान दुर्घटना हुनुकाे मुख्य कारण प्राविधिक भएकाे भनेर संसदीय सत्तालाइ चाेख्याउने काम गरिरहेकाे पनि बिज्ञप्तीमा उल्लेख छ ।

देशकाे मूल कुरा राज्य प्रणाली ठीक नभएपछि उसले बनाएका कुनै पनि संरचनाहरू ठीक नहुने भन्दै प्रवक्ता प्रकाण्डले पहिलाे कुरा देशमा राज्य प्रणाली सही र वैज्ञानिक भएमात्रै अरू सबै कुरा ठीक हुने दाबी गरेका छन् ।

प्रवक्ता प्रकाण्डले राज्य प्रणालीलार्इ वैज्ञानिक समाजवादमा ढालेर अघि बढेमात्र अरू सबै कुराहरू हल भएर जाने विज्ञेप्तीमा उल्लेख गरेका छन् ।

साथै नेकपाले साेमबार भएकाे बंगलादेशकाे विमान दुर्घटनामा परि ज्यान गुमाएकाहरूप्रति श्रद्दान्जलि दिदै घाइतेहरूकाे स्वास्थ्य लाभकाे कामना समेत गरेकाे छ ।

विमान दुर्घटनामा मृत्यु हुने र घाइतेहरूप्रति नेकपाले गहिराे संवेदना र सहानुभूति व्यक्त गरेकाे छ।

विज्ञप्तीकाे पूरा पाठ :

मङ्ल, फाल्गुन २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया