क्रान्तिकारी पत्रकार संगठन भक्तपुरको अध्यक्षमा भुसाल


२९ फागुन,भक्तपुर । क्रान्तिकारी पत्रकार संगठन नेपाल भक्तपुर जिल्लाको पहिलो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले रामजी भुसालको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।

त्यसैगरी उपाध्यक्षमा सन्तोष बलम्पाकी, सचिबमा अमृत पाण्डे, र सह सचिवमा कमल थापा रहेका छन् ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रभात चलाउने र नेकपा भक्तपुर सेक्रेटरी कुशल बोगटी र उपत्यका संयोजक जन्मदेब जैसी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

मङ्ल, फाल्गुन २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter