माअाेवादी केन्द्रका केन्द्रीय सदस्यले गरे पार्टी परित्याग, नेकपाको आन्दोलनलाई समर्थन गर्ने (विज्ञप्ती सहित)


एमालेसंग पार्टी एकता गर्न लागेको नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका सदस्य तथा नवलपुरका नेता पारस गौतम (क.विकास) र माओवादी केन्द्रको साधारण सदस्य पनि नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनीसंगै नवलपुर एरिया समितिका सदस्य डोलराज सुनार (क.अविनाश) ले पनि पार्टी परित्याग गरेका गरेका छन् ।

आज एक प्रेश विज्ञप्ती जारी गर्दै नेता विकास र अविनाशले माओवादी केन्द्रले मालेमावादी राजनीतिक दर्शनलाई लत्याउदै संसदीय सत्ता र कुर्सीका लागी पार्टीलाई एमालेमा विसर्जन गराएकोले पार्टी परित्याग गरेको बताएका छन् । उनीहरुले नेकपाले अगाडी बढाएको क्रान्तिकारी संघर्षलाई सहयोग र समर्थन गर्नु आफ्नो कर्तव्य भएको समेत बताएका छन् ।
विज्ञप्ती यस्तो रहेको छ–

 

मङ्ल, फाल्गुन २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया