राष्ट्रपति चयन लगत्तै सरकार बिस्तारले पुर्णता पाउँछ : ओली


काठमाडौं फाल्गुन २९, ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति चयन लगत्तै सरकार बिस्तारले पुर्णता पाउने बताउनु भएको छ । सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा समेत मन्त्रिीपरिषद विस्तार कार्यले पुर्णता पाउन नसकेको भन्दै आलोचना भईरहेका वेला प्रधानमन्त्री केपी ओलीले पाउने बताउनु भएको छ ।

राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेपछि अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकारसँगको कुराकानीमा उहाले सम्बन्धित दलहरुसँग छलफल चलिरहेको र चाँडै सरकारले पूर्णता पाउने बतउनु भएको हो ।

प्रधानमन्त्री ओलीले विभिन्न चरणका निर्वाचन सम्पन्न भए पनि संक्रमणकालका केही विकृत प्रवृत्ति कायम रहेकाले सुशासन र समृद्धिको दिशामा अघि बढ्न केही चुनौती भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत बनाउन आफूहरु प्रयत्नशील रहने उहाको भनाई थियो ।

संविधान र कानून बमोजिम संवैधानिक अंगहरुलाई निष्पक्ष र विवादरहित बनाउनुपर्ने भएकाले कतिपय अवस्थामा विभाजित बनाउने प्रवृत्ति पनि निरुत्साहित गर्नुपर्नेमा उहाको जोड छ ।

राष्ट्रपति चयन लगत्तै मन्त्रीमण्डलले पुर्णता पाउने भनिएपनि एमाले र माओवादी केन्द्रमा आकांक्षी धेरै भएकाले मिलाउन भने दुवै पार्टीलाई सकस परेको छ । अधिकांश शीर्ष नेताहरु निर्वाचन जितेर आएकाले मन्त्रीमण्डलमा जाने चहाना राख्नु स्वभाविक भएको उहाको भनाई छ ।

यसअघी ५६ जनासम्मको मन्त्रीमण्डल बनेको इतिहास रहेकोले अहिले १८ जनाको मन्त्रीमण्डलमा नेताहरुको व्यवस्थापन गर्नु असहज देखिएको छ । १८ सदस्यीय मन्त्रीमण्डलमा माओवादीलाई अधिकतम ७, संघीय समाजबादी फोरमलाई २ र सरकारको नेतृत्वकर्ता दल एमालेलाई प्रधानमन्त्रीसहित ९ मन्त्रालयमा सहमति भएको छ ।

यसअघी एमालेले ११ मन्त्रालय पाउने भनिएपनि फोरमसँंग सहमति भएकाले पार्टीको भागमा ९ मन्त्रालय परेको नेताहरुले बताएका छन् ।

यसैबीच प्रधानमन्त्री केपी ओलीलाई संसदमा समर्थन जनाएपनि राष्ट्रिय जनता पार्टी राजपा तत्काल सरकारमा नजाने भएको छ ।

२ नम्वर प्रदेशमा राजपा फोरम गठवन्धनलाई बाम गठवन्धनले सहयोग समर्थन गरेको भन्दै प्रमुख राजनीतिक सल्लाहकार रिजालले केन्द्रमा पनि राजपाले सरकारलाई समर्थन गर्ने सहमति भएको बताउनुभयो ।

मङ्ल, फाल्गुन २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter