दोहोरो सुविधा लिने भूकम्प पीडितसँग प्राधिकरणले अनुदान फिर्ता लिने


काठमाडौं, २६ फागुन ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारी र गैरसरकारी संस्था दुवैबाट दोहोरो सुविधा लिने भूकम्पपीडितसँग अनुदान रकम फिर्ता माग गर्ने भएको छ ।

गैरसरकारी संस्थाबाट रकम प्राप्त गर्ने र सरकारी अनुदान प्राप्त लाभग्राहीको अलग–अलग विवरण तयार पार्न जिल्ला समन्वय समितिको सचिवालयलाई पत्राचार गरिएको प्राधिकरणका सहायक प्रवक्ता डाक्टर भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।

दुवै सूची आएपछि सरकारतर्फको अनुदान सरकारी बाँकी सरह असुलउपर गर्ने भुसालले बताउनुभयो । गैरसरकारी संस्थाले किस्ता नदिई आवास पुनःनिर्माण गरेका वा एकीकृत बस्ती विकासअन्तर्गत अनुदान प्राप्त लाभग्राहीले पनि सरकारी अनुदान लिएको भए फिर्ता गर्नुपर्नेछ ।

त्यसैगरी जनता आवासलगायत अन्य माध्यमबाट घर बनाएका लाभग्राहीले पनि अनुदानको रकम लिन नपाउने र लिएको भए फिर्ता गर्नुपर्ने प्राधिकरणका प्रवक्ता भुसालले जानकारी दिनुभयो ।

शनि, फाल्गुन २६, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विजनेस समाचार

Like us On Facebook

Follow Us On Twitter