अन्तराष्टिय महिला श्रमिक दिवस: नारीवाद माक्सवादी नारीवाद महिला मुक्ती आन्दोलको प्रवृती – सत्य पहाडी


एउट काल खण्ड थियो त्यो वेला समाजमा मातृ सत्ता थियो । (देविदेवताको काल )
श्रम विभाजन र निजि सम्पतीको थालनी संगै क्रमश मातृ सत्ताको ठाउँ पितृ सत्ताले लियो ।
पितृ सत्ताले महिला जैविक हिसावले कम्जोर हुँने भनि व्याख्य गरियो ।
वौद्धिक हिसावले पनि कम्जोर हुन्छन् ,भनि दोस्रो तहमा राख्ने भनि व्याख्य गरियो ।
राजनीतिमा बाध्य , आर्थिक गतिविधीमा होईन , घरेलु र अनुउत्पादक ठाउँमा सिमित गरिदै लगियो ।
मत्ताधिकार लगाएतवाट बन्चित गरियो ।
ख) क्रमश मत्ताधिकारको माग गदैँ महिलाहरुले संगठित आन्दोलनको सुरुवात गरे । (सन् १९०८)
सन् १९१७ ताका रुसमा गास र बासको नारा थपेर अरु आन्दोलनको उठान भयो । त्यसरी नै अन्तराष्टिय महिला आन्दोलनको रुप ठुलो वन्दै गयो ।
अन्त त सन् १९१० मा क्लारा जेड्किन रोजालग्जवर्गको अनुवाईमा कोपेनहेगनमा भएको दोस्रो अन्तराष्टिय श्रमिक महिलाहरुको सम्मेलनले ८ मार्च लाई आन्तराष्टि श्रमिक महिला दिवस मनाउने निर्णय गर्यो । सो सम्मेलनमा १७ देशका १ सय भन्दा बढी महिलाहरु सहभागी रहेका थिए ।
नेपालमा सन् १९७५ देखि अन्तराष्टिय महिला दिवस मनाउदै आईएको छ ।

नेपालमा महिला समस्य र समाधानलाई वुझने सम्वन्धमा मुलभुत प्रवृती

१ , पुरातनवादी दृष्ट्रिकोण
महिलाहरु प्रकृतिक हिसावले नै कम्जोर छन् । दोस्रो दर्जाका हुँन् र पुरुषकै सेवाका लागि जन्म भएका हुँन् भन्ने जस्ता मान्यता राख्दछन् । उनीहरु म्हिला सामन्ता र अधिकारको कुरा गर्न अनाआवश्यक हो भन्ने ठान्छन् । यद्यपी अहिले यो मानसिकता खुम्चिदै आएको छ ।

यर्थाथ वादी सोच

उद्धारवादी सोच
महिला अधिकार र सामन्ताका कुरा गर्ने तर त्यसका लागि राजनीतिक तथा आर्थिक प्रणालीमा परिवर्तन आउँनु पर्छ भन्ने आवश्यक ठान्दैन्न । सांस्कृति अधिकारको कुरा गदै आशिंक अधिकारको कुरा गर्दछ । प्रजन्न , शिक्षा ,रोजगारीको कुरा मात्र गर्दछन् । यो पनि उपदेश मुलक कुरा मात्र जस्तो हुँदै आएको छ ।
माक्सवादी नारिवादी सोच
राज्यसत्तवाट महिलाहरु उत्पीडित भएकाले महिला अधिकारको सुनिश्चितता समान्ताका लागि राजनीतिक र आर्थिक प्रर्णाली नै मुख्य समस्य वनि रहेको छ भन्छन् । पितृसत्ता कारक त हो तर यो माताहातको समस्य हो । शोषनमा आधारित समाज व्यवस्था मुख्य समस्य हो भन्ने मान्यता राख्र्दछन् । उसको लागि समान्तामा आधारित समाज निमोठा हुँनुपर्दछ । त्यसका लागि सवै उत्पीडित मिलेर मुक्ती खोज्नु पर्दछ भन्ने सोच माक्सवादी नारीवादले राख्र्दछ ।
रेडिकल नारीवाद भन्ने पनि गरिएको छ ।
पितृसत्ता नारीवादको मुख्य समस्य हो ।

अहिले सम्म जति विचार , सिद्धान्त प्रतिपादन भएका छन् , ती सवै वेकार छ , केवल नारीवादी हुनुपर्छ भन्ने सोच राडिकल नारीवाद हो । त्यसैले पुजिवाद ,समाजवाद नारी हितमा छैन्न केवल महिलाले मात्र महिलाको बारेमा सोच्नुपर्दछ भन्ने सोच नै रेडिकल नारीवाद हो ।
नेपालको सन्दर्भमा
हामीले महिला समस्य र समाधानको सन्दर्भमा समानुपातिक ,समावेशी व्यवस्था लागु गरेका छौँ ।
३३ प्रतिशत अनिवार्य उपस्थितीको व्यवस्था
म्हिला मुक्ती आन्दोलनमा नयाँ आयाम समेत थपिएको छ ।
महिलाहरुको समस्य समाधानका लागि महिला मात्रले पनि पुग्दैन् र महिला स्वंयम सहभागी नभएर पनि हुँदैन भन्ने हामीले अविलम्वन गरेको अभ्यासको सार पनि हो ।
अहिले प्राप्त अधिकार समाजका बाँढा,टाँठाका लागि मात्र हो । अव आर्थिक ,सामाजिक रुपान्तरण विकास सुशाषण र संविधानको व्यावहारिक कार्यान्वयन हुनुपर्दछ ।
केवल कोरा समान्ताका कुरा गरेर मात्र हुँदैन् , जागरण पनि चाहिन्छ । राज्यले नीति विधी व्यवहारिक कार्यान्वय हुनुपर्दछ ।
महिला उत्पादन र आर्यआर्जन मा अनिवार्य सहभागिता गराउनु पर्दछ र रोजगारीको उचित व्यवस्था गरिदिनुपर्दछ ।
संविधानमा अधिकारको उपभोग गर्न सक्ने क्षमता वृद्धी पनि गर्नु जरुरी छ । अधिकारको कुरा गर्दा कर्तव्य पनि भुल्न हुदैन् ।
हातमा ठेला उठेका महिलाहरुलाई रोग, भोग र सोग मुक्त गर्ने अठोट नै आज अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा गर्नुपर्ने नयाँ संकल्प हो ।
१०८ औ, ८ मार्चको नारा — प्राप्त उपलव्धिको रक्षा प्राप्त समान्ताका लागि अघि वढ्यौ । १०८ औ अन्तराष्ट्रियश्रमिक महिला दिवस भव्य रुपमा मनाऔँ भन्ने रहेको छ ।

शुक्र, फाल्गुन २५, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया