उत्तर र दक्षिण कोरियाको शिखर बैठक अर्काे महिना हुने


सोल, २३ फागुन ।
उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय नेता सहभागी हुने दुई देशको शिखर बैठक आगामी महिना हुने भएको छ ।

उत्तर कोरियाको भ्रमण सकेर फर्केका दक्षिण कोरियाली राष्ट्रपति मुन–जाय इनले दुई मुलुकबीच शिखर बैठक आगामी महिना हुने तय भएको बताउनुभएको हो ।

उत्तर कोरियाली नेता किम जोङ उनले सुरक्षाको सुनिश्चितता हुनुका साथै परमाणुअस्त्र निर्माणको कार्यमा पनि पुनर्विचार गरिने बताउनुभएको दक्षीणका राष्ट्रपति ईनले बताउनु भयो ।

यस विषयमा पनि सो भ्रमणका क्रममा कुराकानी भएको थियो । परमाणु अस्त्रको उत्पादन र यसले कोरियाली प्रायद्वीपमा पारेको प्रभावका बारेमा पनि त्यस भेटका क्रममा कुराकानी भएको बताइएको छ ।
उक्त कुराकानीमा परमाणु अस्त्रको परित्याग गर्ने बारेमा आगामी दिनमा खुलेरै छलफल गर्न तयार हुन सक्ने संकेत पनि उत्तर कोरियाली नेता उनले दिएको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

नेता किम र दक्षिण कोरियाली राष्ट्रपति इनका विशेषदूतसहितको प्रतिनिधिमण्डल बीच भएको बैठकपछि यो पछिल्लो समाचार आएको हो । उक्त प्रतिनिधिमण्डल प्योङयाङबाट सोल फर्किसकेको छ ।

पछिल्लो समयमा केही सुधार आएको सम्बन्धलाई उच्चस्तरीय बैठकसम्म पु¥याउने प्रयासस्वरुप दक्षिण कोरियाली राष्ट्रपतिले सोमबार आफ्ना विशेषदूतलाई उत्तर कोरिया पठाउनुभएको हो ।

उत्तर र दक्षिण कोरियाबीच जतिसक्दो चाडो वार्ताको वातावरण तयार पार्न विशेषदूत त्यहाँ पुगेका दक्षिण कोरियाले बताएको छ । त्यस्तै उत्तर कोरियाले सो भेटवार्तालाई महत्वपूर्ण भनेको छ ।

यही फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुश गरिएको छ ।

यस खेलकूदको आयोजना पछि यी दुई देशका बीचमा गएको करिब चार वर्षपछि पहिलो पटक उच्चस्तरीय प्रतिनिधिमण्डहरुबीच यस किसीमको भेटवार्ता सुरु भएको छ ।

बुध, फाल्गुन २३, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया