चीनीया प्रस्ताव पाकिस्तानी प्रधानमन्त्रीबाट ?


दुई दिने नेपाल भ्रमणमा आएर फर्कनु भएका मित्र राष्ट्र पाकिस्तानका प्रधानमन्त्री अब्बासी औपचारीक रुपले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन फागुण २१ मा काठमाण्डौं ओर्लनु भएको थियो ।
बधाई दिदै र निस्कृय रहेको सार्कको बारेमा औपचारीक छलफल भए पनि उहाँले चीनले अघि सारेको महत्वकाक्षी परियोजना वेल्ट एण्ड रोड ईनिसिएटीभमा जोड दिनु भएको थियो ।
अब्बासीले यो परियोजनाले नेपालका लागि पनि मध्य एशिया र दक्षिण एशियामा बजारको बाटो खोल्ने र ठूलो अवसर लिने बताउनु भएको थियो ।
चीनले शुरु देखिनै जोड गरीरहेको यो परियोजना भारतको दवावका कारण नेपालले कार्यन्वयन गर्न ढिला गरीरहेको छ ।
भारत चीनको यो परियोजनाको बिरोधमा रहदै आएको छ । चीनको सो प्रस्ताव शीत युद्ध जस्तो सम्बन्ध रहेको भारतले अस्वीकार गरीरहेका बेला पाकिस्तानले पनि नेपाललाई जोड दिए पछि थप दवाव पुगेको छ ।
अब्बासीको यो भ्रमणका विषयमा भारतले भित्री रुपमा असन्तुष्टी व्यक्त गरेको समेत बताईएको छ ।

बुध, फाल्गुन २३, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter