ओलीले मध्यराति विद्याको पक्षमा निर्णय गराए, अरु आकाक्षी जिल्लै


अन्ततः राष्ट्रपति विद्यादेवी भण्डारी पुनः राष्ट्रपतिमा दोहोरिने निश्चित भएको छ ।
हिजो दिउसो बस्ने भनिए पनि साझ शुरु भएको एमाले स्थायी समितिको बैठकले राति १२ बजे पछि भण्डारीलाई दोहोर्याउने निर्णय गरेको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिनु भयो ।
झलनाथ खनाल, सुभाष नेम्वागं लगायतका विषयमा पनि राष्ट्रपतिमा चर्चामा आएको भए पनि अध्यक्ष ओलीको प्रस्ताव र व्रिफिगं पछि भण्डारीको निरन्तरताको निर्णय भएको हो ।
अघिल्लो कार्यकालका लागि पनि स्थायी समितिमिा ठूलो विवाद पछि भण्डारीको पक्षमा निर्णय गराउन पार्टी अध्यक्ष ओली सफल भएका थिए ।
आगामी कार्यकालमा पनि भण्डारी राष्ट्रपति हुने भए पछि अरु आकाक्षी जिल्लै हुने भएका छन् ।
खनाल र नेम्वागंले अब संभवत सासदको हैसियतमा मात्रै यो कार्यकाल गुजार्नु पर्ने छ ।
त्यसै गरी उपराष्ट्रपतिमा पनि माओवादी केन्द्रको तर्फबाट नन्द बहादुर पुनः नै दाहोरीने संभावना रहेको छ ।

बुध, फाल्गुन २३, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter