औपनिवेशिक शिक्षा विरुद्ध वैज्ञानिकसमाजवादी शिक्षा -भिष्मकुमार शाही


१ःभुमिका
हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीले नेपालको दलाल संशदिय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था दिएपछि अहिले शिक्षाको वारेमा हाम्रो संगठनको धारणा के हुने?या वैज्ञानिक समाजवादी शिक्षा के हो ? भन्ने विषयमा तमाम जिज्ञासाहरु युवाविद्यार्थीले राखेका छन । कम्यूनिस्ट पार्टीले समाजवादी व्यवस्थामा कस्तो शिक्षा लागु गर्न चाहान्छ ? यो शिक्षानितिले राष्ट्र र जनताको जीवनमा के प्रभाव पार्दछ ? यसको लागु कसरि हुन्छ ? यो नेपालमा लागु गर्न सकिन्छ या सकिन्न ? नेपालमा हाल सञ्चालित शिक्षा के हो ? यसका समस्या के के हुन । यो शिक्षा र समाजवादी शिक्षामा के अन्तर छ ? भन्ने धेरै जिज्ञासाहरु छन । मुलत यीनै तमाम जिज्ञासाहरुको स्पष्ट जवाफ दिनकोलागि यो लेख तयार पारिएको छ ।
शिक्षा भनेको हरेक नागरिकको युगअनुकुल ज्ञान,सिप र क्षमता अभिवृद्धिका साथै व्याक्तित्व निर्माण गर्ने, राष्ट्रको हित संरक्षण गर्ने न्यायको पक्षमा निरन्तर लड्ने,अन्तराष्ट्रिय चुनौतिसँग प्रतिशपर्धा गर्न सक्ने शैदान्तिक एवं व्यावहारीक ज्ञानले भरिपुर्ण नैतिकवान जनशक्ति उत्पादन गर्ने संरचना नै शिक्षा हो । संस्कृतिविद्ध न्गी थोगोका अनुसार “शिक्षा यस्तो विषय हो जसले देशभक्तिपुर्ण संकृतिले लैस पुर्ण विकसित व्याक्ति निर्माण गर्दछ । जुन चेतनाले प्राकृतिक प्रकृति र सामाजिक प्रकृति दुवैको मालिक वनाउँछ ।”महान विचारक माक्र्सले सवै वालवालिकाहरुलाई निसुल्क शिक्षा भन्नु भएको छ ,यो भनईले के कुरा स्पस्ट हुन्छ भने शिक्षा र संस्कृतिको उदेस्य केवल दुनियाको व्याख्या गर्नुमात्र हुनुहुदैन वदल्ने चेतना समेत दिने हुनु पर्दछ भन्ने भनाई पुष्टि गर्दछ ।
नेपालको वर्तमान शिक्षा औपनिवेशिक शिक्षा प्रर्णाली हो यसले गुलामहरु जन्माउछ । यो मौलिक्ता विरोधी हुन्छ । यो व्यावहारवाट अलग गरिएको हुन्छ । भने वैज्ञानिक समाजवादी शिक्षा दन्द्धात्मक भौतिकवादी दृष्टिकोणवाट निर्देशित हुन्छ । वैज्ञानिक,वस्तुवादी र श्रमसित गाँसिएको हुन्छ । औनिवेशिक शिक्षा र वैज्ञानिक समाजवादी शिक्षाको वारे थप स्पस्टपार्न निम्न वुँदाहरुको व्याख्य गर्न जरुरी हुन्छ ।

१. शिक्षा मौलिक र देशको भौगोलिक्ता अनुरुप व्यावहारिक हुन्छ ।
२. यो वैज्ञनिक र वस्तुवादी हुन्छ ।
३. यो औपनिवेशिक शिक्षानितिको विरुद्धमा हुन्छ ।
४. मात्रिभाषामै पठनपाठनको व्यवस्था हुन्छ ।
५. शिक्षाको सम्पुर्ण भार राज्यले लिन्छ ।
६. शिक्षा समान र जनमुखी हुन्छ ।
१.शिक्षा मौलिक र देशको भौगोलिक्ता अनुरुप व्यावहारिक हुन्छ ः हाम्रो देशमा अहिलेको शिक्षा पुरै अव्यावहारीक अवैज्ञानिक छ । अहिलेको विद्यार्थीरु शिक्षा अध्यायन गर्र्छन, डिग्री पास गर्छन, सिरानीमा सटिफीकेट राखेर विदेशको सपना देख्छन ,यूवाविद्यार्थीहरुलाई श्रमवाट यति धेरै कटाएको छ की आफ्नो देशमा हलो जोत्न लाज मान्छ तर विदेशमा सिनो वोक्न देखि चर्पी सफा गर्न तयार हुन्छ । यस्तो वुर्जवा शिक्षाले मानिसको जिवनलाई संकटतिर धकेल्छ आफ्नो वारीमा घास उम्रेको हुन्छ । नजिकै भारतवाट आयातित पसलमा विषादी हालेको तरकारी किनेर खान्छ । सैलि व्यावहार रुखो हुन्छ , यस्तो सँस्कार विकास गर्नु वुर्जुवा शिक्षानितिको धर्म नै हो भन्दा पनि हुन्छ । प्राविधिक ज्ञान यति कम्जोर छ सामान्य वत्तीको पलग विक्रेपछि बदल्न सक्दैन यति भने पुग्छ ।
वैज्ञानिक समाजवादी शिक्षा देशको मौलिक्ता,भौगालिक्ता र जनताको प्रत्यक्ष श्रमसित गासिएको हुन्छ । हामीले हाम्रो शिक्षालाई जनताको श्रमसित जोडिन्छ । कम्तिमा १० वर्षसम्म अध्यायन गरिसकेपछि आफ्नो खुट्टामा वाच्न सक्ने नागरिक तयार गर्दछ । शिक्षा हाम्रो देशको मौलिक्ता र भौगोलिक्ता अनुसार हुन्छ । भौगोलीक रुपमा हाम्रो देश तिन प्रदेशमा विभाजित छ तराई ,पहाड र हिमाल । तराईमा प्रशस्त अन्नवाली उत्पादन हुन्छ । तराईमा एक वर्ष फलेको धान नेपालमै वितरण गर्ने हो भने हरेक नेपालीलाई दुई वर्ष खान पुग्छ । त्यो महंगो चामल सवै विदेश निर्यात हुन्छ विदेशी मिलमा फलामका टुक्रा मिसियको गुणस्तरहिन चामल खान हामी वाध्य छौ । तराईमा एउटा कृषि विश्वविद्यालय खोलिन्छ विहान कलेजमा अध्यायन गर्ने र दिउँसो खेतवारीमा काम गर्ने व्यावस्ता गरिन्छ, त्यो व्यावहारिक शिक्षा हुन्छ ।त्यस्तै पहाडमा प्रशस्त कोशेवाली र सन पाट सम्वन्धि राम्रो संभावना छ, त्याहाँ कोसेवाली तथा सनपाट प्रसोधन सम्वन्धि विश्वविद्यालय बनाउने विहान कलेजमा अध्ययन गर्ने र दिउसो प्रसोधन उद्योगमा काम गर्ने व्यवस्था गरिनेछ, त्यो पहाडी भौगोलिक्ता अनुसारको व्यावहारिक शिक्षा हुन्छ । हिमालमा प्रशस्त स्याउ उत्पादन हुन्छ त्याहाँको स्याउले वजार नपाउँदा सिजनमा सवै स्याउहरु कुहिएर खेर जान्छ । त्याहाँ प्रशस्त महङगा जडिबुटिहरु पाईन्छ एउटा यासार्गुम्वा (जिवन वुटि)को काठमाण्डौमा २५०० सम्म विक्रि हुन्छ त्याहाँ जडिबुटि तथा फलफुल प्रसोधन विश्वविध्यालय खोलिन्छ, विहान कलेजमा अध्यायन गर्ने र दिउसो प्रसोधन उद्योगमा काम गर्ने व्यवस्ता गरिन्छ जो त्याहाँको भौगोलिक्ता अनुसारको शिक्षा तयार हुन्छ र त्यो व्यावहारिक हुन्छ । हाम्रो देशमा चलेका विश्वविध्यालयमा एउटा भ्मगअबतष्यल ाबअगतिथ लाई हे¥यौं भने त्यसको उदेश्य भनेको दक्ष जनशक्ति भएको शिक्षक उत्पादन गर्ने हो । अहिले नेपालमा ३० देखि४५ दि प्राक्टीकल गरेर दक्ष शिक्षक उत्पादन हँु्दैन, त्यसकालागि विहान कलेजमा वढ्ने दिउँसो प्रावि,मावि र उमाविमा पढाउने व्यवस्था गरियो भने मात्र त्यो व्यावहारिक शिक्षा वन्छ र दक्ष शिक्षक उत्पादन गर्न सकिन्छ । त्यो वैज्ञानिक समाजवादी शिक्षाप्रर्णालीमा गरिन्छ । हाम्रो देशमा हाईड्रो इन्ड्रस्टीको राम्रो सम्भावना छ । त्यस्तै टुरिजम ईन्ड्रस्टीको राम्रो सम्भावना छ सुविधासम्प्रन्न प्राविधिक विस्वविद्यालय खेलिन्छ, कलेजमा हाईड्रो टेक्नीकल शिक्षा अध्यायन गराउने । प्राक्टीकल गर्न नेपालका खोलानालाहरुमा जलविद्युत उत्पादन गर्ने हो भने यकातिर राम्रो हाईड्रो प्रविधिकहरु उत्पादन गर्न सक्छौ भने अर्को तिर नेपालको विद्युत क्षमताको बृद्धि गरि विद्युत निर्यात घटाउँन सक्दछौ । पर्यटकिय प्राविधिक शिक्षा अध्यायन गराउने र सुन्दर ठाउँहरुलाइ परेटकिय क्षेत्र निर्माण ग¥यौं भने यकातिर परेटकहरु भित्र्याएर डलर कमाउन सक्दछौ,राष्ट्रलाई धनि वनउन सक्छौ। भने अर्कोतिर राम्रो पर्यटकिय प्राविधिकहरु निर्माण गर्न सक्छौ । हाम्रो देशमा प्राविधिक,डक्टर,पाइलट,सरकारी कर्मचारी,स्टापनर्स, ईन्जीनियर र शिक्षकहरु कति चाहिन्छ त्यसको खाका राज्यले दिन्छ र शिक्षण संस्थाहरुले जनशक्ति उत्पादन गरेर राज्यलाई जिम्मा लगाउँछ,राज्यले उत्पादित जनशक्तिलाई आवसेक ठाँउमा ब्यवस्थापन गर्छ । यति भयो भने एकपटक सोचौं त हाम्रो देशको विकासको गति कति छलाङगमय हुन्छ होला सहजै अनुमान गर्न सकिन्छ । यस अर्थमा वैज्ञानिक समाजवादी शिक्षामा जनताको श्रमसँग गासिएको, हाम्रो मौलिक्ता र भौगोलिक्ता अनुसारको शिक्षा ह्ुन्छ,। यसो भयो भन ेमात्र सभ्य र वैज्ञानिक समाज निर्माण गर्न सकिन्छ ।
२.यो वैज्ञनिक र वस्तुवादी हुन्छ ःयो शिक्षा माक्र्सवादी विज्ञानद्धारा निर्देशित हुनेहुँदा वैज्ञानिक हुन्छ । जगतलाई वुझ्ने दृष्टिकोणहरु दूइप्रकारको छ । एउदा आधात्मीक र अर्को भौतिक वादी दृष्टिकोण आधात्मीकले यो पृथ्वी इस्वरले वनाएको भन्छ । समाजमा धनिगरिव स्वोषण दमन हुने कुरा पापकोकारणले इस्वरले वर्दान दिएको भन्नेमा विश्वास गर्दछ । समाजको समस्याको हल मानिसले गर्नसकिदैन या संघर्ष गर्नु पाप हो भन्छ ।
तर वैज्ञानिक समाजवादी शिक्षा भौतिकवादी दृष्टिकोणद्धारा गाईडेट हुन्छ । यसले आध्यात्मीक तर्क केवल कल्पना र भ्रम मात्र हो भन्छ । विश्वभरिका मानवजातीहरुमा जति पनि समस्याहरु आउँछन यसको हल गर्न सकिन्छ भन्छ । स्वषण दमन,अन्याय,अत्यचारको अन्त्य वर्गसंघर्षद्धारा गर्नसकिन्छ भन्नेमा विश्वास गर्दछ । काल्पनिक ईस्वरिय चिन्तन मान्दैन, यसको खारेज गर्दछ । सत्तेको मात्र विश्वास गर्दछ सवै मानिसहलाई समान अधिकार प्रदान गर्न सकिने कुरामा विश्वास गर्दछ । यो पँुजीवादको दमन अन्यय र अत्यचारवाट समाजलाई मुक्त गर्नसक्न्छि, यसको लागी दलालहरुको अन्त्य गरेर वैज्ञानिक समाज निर्माण गर्नुपर्दछ, भन्ने कुरामा विश्वास गर्दछ । त्यसैले यो शिक्षा वैज्ञानिक र वस्तुवादी हुन्छ । सभ्य र वैज्ञानिक समाज निर्माण वैज्ञानिक देष्ट्रिकोणलेद्धारा स्थापीत गर्न सकिन्छ । आधात्मीक दृष्टिकोणले मानिसलाई निरास वनउँछ । महान विचारक माक्र्सले आध्यात्मीक दुष्टिकोण अफिम हो भन्नु भएको छ । यो भयानक र घातक छ । यो दृष्टिकोणले समाजलाई विघठन गर्दछ ।
समाजवादी शिक्षाले गलतकुराको विरोधगर्न निर्देशित गर्छ । सत्यको पहिचान गर्न पदत गर्दछ । गलतप्रवृतिका विरुद्ध डटेर लड्न आदेश गर्दछ तर अवैज्ञानिक दृष्टिकोणले गुलामी हरु पैदा गर्दछ हामी उदाहारणको रुपमा हामैदेशका सत्ताधारीलाई लिन सक्छौ, भारतले सिमा मिचेकोे छ, दलाल नेताले भन्छ सिमामिचेको छैन । भारतिय सेना बर्दि र हतियारसहित हाम्रो भुमीमा पस्छ । जनतालाई दमन गर्छ,गोली हान्छ, पक्राउगरेर लग्छ तर जनताको सुरक्षार्थ खटेको सिमानाको पुलिस निरिह हुन्छ वोल्न पनि सक्दैन । जस्तो शिक्षा उस्तै नेता, पुलिस, सेना सवै गुलाम र निरिह हुन्छ । वैज्ञानिक दृष्टिकोले यस्तो नागरिक निर्माण गर्दछ की हामीले उत्तरकोरियाको समाजलाई उदाहारणको रुपमा लिन सक्छौ । जहाँका नेता,जनता र सेना प्रतिरोधी आशालाग्दा र भरसिला देखिन्छन । जनता पुरैसंगठित जुन देशका जनताले अमेरीकालाई पुरै च्यालेन्ज गरिरहेका छन, यो वैज्ञानिक दृष्टिकोणद्धारा निर्देशित शिक्षा भएर सम्भव भएको हो । जनवादी शिक्षाले उत्तरकोरिया जस्तै नेता जनता र सेना जो स्वाधिन समृद्ध समाजमा रुपान्तरण गरिदिन्छ । नयाँनयाँ ज्ञानको अनुसन्धान गर्नमद्दत गर्दछ । जो विश्वमा आउने समस्यको समाधान गनै मद्दत गर्दछ । त्यसैले यो शिक्षा वैज्ञानिक र वस्तुवादी हुन्छ ।
३.यो औपनिवेशिक शिक्षानितिको विरुद्धमा हुन्छ ःजनतालाई गुलामी चेतना पैदा गर्ने शिक्षा निति औपनिवेसीक शिक्षा निति हो । नेपालको अहिलेको शिक्षा निति औपनिवेशिक छ । औपनिवेशिक शिक्षा निति र प्रर्णालिमा प्रकृतिविरुद्ध कुनै संघर्ष हुदैन र वदल्ने चेतना पनि हुदैन । हाम्रो देशमा अत्याधिक प्रकृतिक स्रोत साधनहरु (सुनखानी,फलामखानि,तामा,मह«ङ्गा जडिबुटी) छन शिक्षानिति औपनिवेशिक हुँदा हाम्रोदेशका जनतालाई प्राकृतिक स्रोतकावारेमा वास्तबिक ज्ञान नै दिईएको छैन । भनिन्छ उपनिवेसमा वस्ने जनताको कुनै इतिहास हुदैन,मानविय भाषा नै हुदैन । स्वतन्त्रतामा (साम्राज्यवाद विरुद्ध लड्ने चृताना)निरन्तर विरोधी रवैयाको कारण यस्तो नागरिक निर्माण गर्छ की जो जनावर सरह श्रम गरिरहोस । यस्तो चेतनाले पुराकापुरा लैस होस र आफ्नो वरिपरि भएको लुटपाट र स्वषण देख्नै नसकोस, ठिक यहि हालत नेपालमा छ उदाहारणकोरुपमा लिदा भारतिय साम्राज्यवादलाई रिझाउन वावुरामले गरेको विप्पा सम्झौता,प्रचण्ड केपी गुटलेगरेको नेपालको इयरपोर्टमा भारतिय इयरमार्सल राख्ने सम्झौता र वर्तमान प्रधान मन्त्रि शेरवहादुर देउवाले गरेको उच्चकोसि वाँध सम्झौता यसैको ज्वलन्त उदाहारण हुन ।औपनिवेशिक शिक्षानितिले गर्दा नेपालको शिक्षा यति दविएको छ की विश्ववैङ्क (ध्द्य)ले ६० मिलियन भन्दा वढी अमेरिकी डलर दिने लोभ देखाएर त्रिभुवन विश्वविद्यालयलाई क्याम्पस स्यत्ततागर्न र प्रमापत्र तह हटाउन आदेश दियो जसले गर्दा गरीव जनताको पहुँचमा सञ्चालित नेपालको एकमात्र सरकारी विश्वविद्यालय श्रमजिवि वर्गलाई शिक्षा लिने अधिकारवाट वञ्चित गराइयो । यूरोपका देशहरुमा त्याहाँको अनुकुल्तामा सञ्चालित निम्न शैक्षिक कार्यक्रम (क्याम्पस स्वयत्तता,प्रमाणपत्र तह विस्थापन (एअ िएजभकभयगत),बिद्यालय क्षेत्रसुधार कार्यक्रम(क्क्च्),विद्यालय समुदायमा हस्तन्तरण) जवर्जस्त लादिनु र पैसादेखेपछि हाम्रा प्रगिक नेतृत्वहरु राष्ट्रको आवसेक्ता हो की हैन अलिकति पनि ध्यान नदिई जस्तोसुकै सर्त मान्न तयार हुनु औपनिवेसिक शिक्षाको प्रभाव र गुलामी चेतना हो । एक छिन कल्पना गर्नुस त ४९%जनता निरक्षर,४०%जनता गरिविको रेखामुनि,४७%जनता वेरोजगार भएको हाम्रो समाजमा शिक्षाको सम्पुर्ण भार जनता लाई वोक भन्नुको साचो अर्थ तिमि नेपालीहरुलाई पढ्ने अधिकार छैन भन्नु जस्तै भएनर ?
हामीले ल्याउने वैज्ञानिक समाजवादी शिक्षामा औपनिवेशिक शिक्षा प्रर्णाली विरुद्ध लड्ने राजनितिक र प्रागिक नेता निर्माण गर्दछ । किसान, मजदुर, युवाविद्यार्थीहरुलाई पहिला शिक्षित गर्दछ ।सवैमा राष्ट्रप्रेमको चेतना पहिला उठार्ईन्छ या सचेत पारिन्छ । हामीले प्राकृतिक स्रोतसाधनको उत्खलन प्रसोधन र प्रयोगमा आधारित शिक्षानिति तय गर्दछौ ।स्कुले विद्यार्थीहरुलाई सानैदेखी राष्ट्र,राट्रियता र राष्ट्रप्रेम के हो ?साम्राज्यवादका विरुद्ध कसरी लड्ने ? आफ्नो समाजलाई कसरि संगठित गर्ने भन्ने वारेमा सिकायीन्छ । त्यसवाट स्वतनत्रताको सँस्कृति (साम्राज्यवादी हस्तक्षेप विरुद्ध लड्ने) स्थापित गरिन्छ । त्यसपछिमात्र हाम्रो शिक्षा समृद्ध र राष्ट्र स्वाधिन वन्ने छ । हाम्रो शिक्षानितिमा छिमेकीहरुको सहयोग त लिन्छौ तर उनिहरुको सर्तमान्ने हिसावमा होईनकी हाम्रो आवशेक्ता कहानेर हो पहिचान गरि हाम्रो अनुकुल्तामा प्रयोग गर्छौ । औपनिवेशिक शैक्षिक कार्यक्रमहरु पुराकापुरा खारेज गरिन्छ ।
४.मात्रिभाषामै पठनपाठनको व्यवस्था हुन्छ ।
शिक्षाको महत्वपुर्ण पाटो एक भाष हो भाषिक समस्या भयो भने पनि शिक्षा ग्रहण गर्न गारो हुन्छ । हाम्रो देश वहुभाषी, देश हो ।नेपालमा अहिले पनि १२५ वटा भाषा प्रयोगमा छन या वोलिन्छन । सवैभन्दा वढि खस (५०.३१%)र सवैभन्दा कम सञ्थाल र थकाली (०.०४%)भाषी नेपाली छन् । यसैले नेपालले विश्वभरि नयाँ पहिचान स्थापीत गरेको छ । तर दलाल संसदिय व्यवस्थासँग वहुभाषाको संरक्षण प्रयोग र विकास गर्ने योजना नहुदा या मात्रिभाषामा शिक्षा प्रधान गर्न नसक्दा खसभाषी वाहेक अन्यभाषी विद्यार्थी स्वतःप्रतिस्पर्धामा पछाडी परेकाछन । यसरि एकातिर शिक्षा मात्रीभाषी वन्न सकेको छैन भने अर्कोतिर अंग्रेजिभाषा मार्फत हाम्रो मौलिक्तामा निरन्तर धाबा बोलिरहेको छ । अंग्रेजी भाषा विना गुणस्तर हुँदैन,वजारमा जागिर पाईदैन या विदेशमा भिषा लाग्दैन भन्ने सँस्कार नेपाली शिक्षा क्षेत्रमा जवरजस्त मौलाएको छ । त्यसैले निजि देखी सरकारी कलेज सम्म अंग्रेजी भाषाको नक्कल गरेर हाम्रो मात्रिभाषमा निरन्तर हमला गरिरहेका छन । भाषा सिक्नु सकारात्मक मानिएला तर आफ्नो मात्रि भाषामा शिक्षालाई व्यवस्थित गर्ननस्क्ने तर अंग्रेजी भाषामै पुस्तक पढ्नु पर्ने वाध्यता छ । हाम्रो वैज्ञानिक समाजवादी शिक्षामा आफ्नै देशको वहुभाषाको संरक्षण गरिन्छ,मात्रिभाषामै अध्ययन गर्ने वातावरणको ग्यारेन्टी गरिन्छ । हामीले केही देशहरु उत्तर कोरिया,चिन रुस र जापानमा अंग्रेजी भाषाको कुनै महत्व छैन (जापान जानुपर्याे भने अंग्रेभाषाको कु्नै महत्व छैन जापानी भाषा नै पढ्नुपर्छ ¬)यीनि देशहरुले आफ्नै मात्रिभाषामा ईन्जिनियरिङ्,मेडिसियन आदी प्राविधिक शिक्षाका पाठ्यपुस्तक र विश्वसाहित्यका पुस्तकहरु लेख्न पढ्न सक्ने हामी चाइ नसक्ने भन्ने छर ? हाम्रो शिक्षा नितिमा हाम्रै भाषामा साप्राविधिकि शिक्षाका पाठ्यक्रमहरु निर्मांण गरिन्छ वहुभाषाको संरक्षण हुने गरि अझ मात्री भाषामै पढ्ने वातावरणको ग्यरेन्टी गरिन्छ । त्यसपछि अहिले पैदा भएका विश्व चुनौतीहरुसंग प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति हामीले निर्माण गर्न सक्छौ ।
५.शिक्षाको सम्पुर्ण भार राज्यले लिन्छ ः शिक्षा पुर्खाको साझाअनुभव या सम्पति भएकोले यसमा मानवसमाजको समान अधिकार हुन्छ । शिक्षा लिन पाउनु हरेक नागरिकहरुको नैसर्गिक अधिकार हो भने कुनैपनि देशका नागरिक लाई शिक्षा दिनु राज्यको प्रमुख जिम्मेवारी हो । यो कुरालाई सिरोधारे गर्दै वैज्ञानिक समाजवादी शिक्षामा शिक्षाको सम्पुर्ण भार राज्यले लिन्छ । जव सम्म शिक्षाको सम्पुर्ण जिम्मा राज्यले लिदैन तव सम्म त्यो शिक्षा अधुरो र अपुरो हुन्छ । वर्तमान नेपालको शिक्षामा सरकारको छ्ट्याएको वजेट एकदमै कम छ त्यसमा पनि लगानीको झण्डै ८९%हिस्सा प्रशासनिक खर्च र शिक्षकको तलवमा जान्छ र वाँकी रहेको ११%प्रतिशत वजेडले कति भौतिक संरचना निर्माण र शैक्षिक गुणस्तरमा योगदान पु¥याउला सजिलै आँकलन गर्न सकिन्छ । यहि कम्जोरीमा टेकेर हाम्रा प्रागिक नेतृत्वहरुले शक्तिकेन्द्रको(साम्राज्यवाद र वितियसंस्था)को दलाली गर्न वाध्य छन । यहि कम्जोरीको कारण साम्राज्यवादी वितिय संस्था र .मुलतः भारतिय राम्राज्यवादको एजेण्ट भारतिय राजदुत हाम्रो देशको तराई देखी हीमाल सम्म शैक्षिक भवन शिलान्यास र उद्घान गर्दै हिड्छ राजनैतिक पार्टीको नेता जस्तो भाषण गर्दै हिड्छ यो भ्रमण न हाम्रो प्रराष्ट्रमन्त्रालयमा थाहा हुन्छ न त उसले अनुमति लिन नै जरुरी ठान्दछ यसरी कुटनितिक मर्यादाको ख्यलै नगरेर भारत आफ्नो प्रभाव विस्तारमा लागेको छ ।
हाम्रो समाजवादी शिक्षामा शिक्षाको सम्पुर्णभार राज्यले लिन्छ,लगानी वढाउने छ । ठुुलठुला प्राविधिक विश्वविद्यालयहरु खोल्नेछ भौतिपुर्वाधारको तमाम व्यवस्था गर्नेछ । नयाँ अनुसन्धान केनद्रहरु खोल्नेछ जसवाट नयाँ ज्ञान आविस्कार गर्नेछ त्यसको रक्षा प्रयोग र विकासको जिम्मा सवै राज्यले लिनेछ राज्यलाई शिक्षाले सघाउने र शिक्षालाई राज्यले विकास गर्ने एकअर्काको परिपुरक जस्तो वन्छ ।
६.शिक्षा समान र जनमुखी हुन्छ ः नेपालको अहिलेको शिक्षा हेर्ने हो भने विसाल वजारको माल जस्तो छ । धेरै पैसा हुनेले महंगो शिक्षा ,पैसा कम हुनेले कमसल शिक्षा र पैसानहुनेले स्कुल र कलेजहरुका गेट नै हेर्न नपाउने चरम निजिकरण र वेपारिकरण छ । असमान्ताको कुरा गर्ने हो भने प्रत्यक कलेजपिच्छे पाठ्यक्रम र विषय वस्तु नै फरक फरक छन । नेपालमा एउटा यस्तो शैक्षिक संरचना छ जसलाइब् भिखभ िर इ भिखभ िनामाकरण दिएको छ । सेनाको व्यारेक जस्तै ठुल्ठुला फलामे ढोकाहरु छन,चारैतिर काँणेतारले घेरीएको छ, त्याहाँ असिमित आर्थिक लगानी छ, भौतिक पुर्वाधारको तमाम व्यवस्ता गरिएको छ । दक्ष जनशक्तीसहितका शिक्षकहरुको व्यावस्था छ, फरक पाठ्यक्रमको व्यवस्था, शैक्षिक क्यालेण्डर अन्ुसार समयमा परिक्षा र समयमै रेजेल्ट हुन्छ । त्यस्था शैक्षिक सँस्थाहरुमा पुँजीपति र अभिजात वर्गका वालवालिकाहरु अध्यायन गर्दछन ।अर्को यही नेपालमा यस्तोे शैक्षिक संरचना छ जसलाई राज्यले सञ्चालन गरेको सरकारी भनिन्छ । त्याहाँ आर्थिक लगानी छैन,यो आईटीको जमनामा पनि चक डस्टरको प्रयोग, कुनैमा त्यहीपनि प्राप्त छैन ,भौतिक पुर्वाधारको खासै व्यवस्था छैन,जहाँ समयमा परिक्षा हुदैन समयमा रेजेल्ट ह्ुदैन,जहाँ दक्ष जनशक्ती भएका शिक्षकहरुको व्यवस्था छैन(नेपालीशिक्षकले सामाजिक र गणितशिक्षकले अंग्रेजी पढाउने गर्छन),भएका शिक्षक पनि समयमा आउँदैनन । त्याहाँ गरिव श्रमजिवी र पध्यम वर्गका वालवालीका अध्ययन गर्दछन । यो देशमा वस्ने पुँजीपतिले राज्यलाई तिर्ने कर श्रमजिवीले गरिव र मध्यम वगर्वले तिर्ने कर समान छ । पाउँने अधिकार समान छ । तर शिक्षा असमान छ अझ राज्यको रोजगारीमा जाने एकमात्र निकाय लोकसेवा आयोगमा पर्तिसपर्धा समान छ । शिक्षा असमान प्रतिस्पर्धा समान भनेको वाघ र वाख्रोलाई एउटै खोरमा हु्लेरे कस्ले जित्दछ भनी सोधेजस्तो भएन र?यसरी अभिजात वर्गको जनसक्ती जो सम्पन्न निजिकलेजहरुवाट अध्यायन गरेर आएका हुन्छन र श्रमजिवि गरिव वर्गका जनशक्ति भद्रगोल सरकारी कलेजवाट अध्यायन गरेर आउछन, र लोकसेवामा समान प्रतिस्पर्धा हुन्छ अभिजात र पुँजीपति वर्ग जहिले पनि मालिक वन्छ र गरिव र श्रमजिवि वर्ग जहिलेपनि दास वन्नु पर्ने शिक्षाको निति छ ।
हामीले प्राप्त गर्ने वैज्ञानिक समाजवादी शिक्षामा शिक्षा समान हुन्छ सवैशिक्षालयमा समान आर्थिक लगानी हुन्छ पाठ्यक्रम भैेतिक संरचना सवै समान हुन्छ वैज्ञानिक पाठ्यक्र वस्तुवादी शैक्षिक क्यालेन्डर हुन्छ, समयमा परिक्षाा र समयमै रेजेल्ट हुन्छ, दक्ष जनशक्ति भएका शिक्षकहरुको व्यवसथा हुन्छ । त्यसपछि पर्तिसपर्दा पनि समान हुन्छ । त्याहाँ शिक्षामा निजिकरण, व्यापारिकरण हुँदैन,शिक्षा राज्यको दायीत्व भित्र आइसकेपछि यो समाजवादी दृष्टिकोण वाट निर्देसीत हुन्छ । वास्तविक समान्ता कायम हुन्छ ,यस्तो शिक्षाले मात्र साम्यवादी समाज स्थापना गर्ने चेतनाको विकास गराउँदछ वास्तवमा जनताले चाहेको शिक्षा पढ्न पाउदछन् ,क्षमता अनुसारको काम र आवस्यक्ताअनुसारको दाम पाउँदछन । समाजवादी शिक्षाले मात्र वास्तविक जनताको सहज पहुँच कायम गर्दछ । यो जनमुखी हुन्छ ।

निष्कर्ष
हाम्रो देश पुरै साम्राज्यवादको दलालीमा टिकेको छ । शिक्षापनि प्रजातन्त्र राष्ट्रियता र जनविरोधी छ । किनकी कुनैपनि देशको शिक्षाप्रर्णाली राज्यको चरित्र अनुरुप हुन्छ दलाल संसदिय व्यवस्थाले प्राकृतिक खोजको विषयलाई पाठ्यक्रमा विशुद्ध सुत्र र शिद्धान्तमा सिमित गर्दछ । हामीलाई चाहिएको शिक्षा वैज्ञानिक समाजवादी शिक्षा हो । जो देशको मौलिक्ता र भौगोलिक्ता अनुरुप व्यावहारिक हुन्छ । शिक्षाको केन्द्र आम जनतालाई वनाउँदछ र काम गर्दा अध्यायन गर अध्यायन गर्दा काम गर भन्ने मान्नेता राख्दछ । जुन ज्ञान चेतना र सँस्कारलाई माक्र्सवादी वैज्ञानिक दृष्टिकोणले निर्देसित गर्दछ । वैज्ञानिक समाजवादी शिक्षा वैज्ञानिक समाजवादी व्यवस्थालेमात्र लागु गर्न सक्दछ । वैज्ञानिक समाजवाद एकीकृत जनक्रान्तिले स्तापित गर्दछ । हामीलाई गौरव लाग्छ, हामी उत्साहित पनि छौ,क्रान्ति विघठनको संघारमापुग्नै लाग्दा हामीले क्रान्ति नायक,जनताका ढुकढुकी हाम्रो आदर्श, जाज्वल्यमान युवा नेतृत्व आदर्णीय हाम्रो महासचिव क.विप्लव जस्तो महान नेता सहित जनताको अग्रदस्ता आदर्णिय नेतृत्वसहितको पार्टी (जसले नेपालका तमाम समस्यको हलगर्न सक्ने तागद राख्दछ) हामीले प्राप्त गरेका छौ ।यसैको आदेशमा एकपटक एकीकृतजनक्रान्तीमा सवै युवाविद्यार्थी गोलवन्ध भयौं भने निकट भविष्यमै नेपालमा वैज्ञानिक समानवादी शिक्षा लागु गर्न सक्छौ र देशलाई स्वाधिन र सम्रिद्ध वनाउन सक्दछौ ।

बिहि, फाल्गुन १७, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया