बिरामि रहेका माओवादी पूर्व सांसद धर्मप्रसाद घिमिरे बेपत्ता , भेट्नुहुनेले सम्पर्क गरिदिन परिवारको आग्रह


काठमाण्डौ , १२ फागुन ।
झापा मेचिनगर वडा नम्बर १४ साविक दुहागडि गा. वि. स. धाईजनमोड निवासी माओवादीका पूर्व सांसद धर्मप्रसाद घिमिरे काठमाण्डौबाट बेपत्ता हुनुभएको छ ।

डिप्रेसनबाट पिडित घिमिरे उपचारका क्रममा रहेको अवस्थामा गौरिघाट खरिवोटबाट शुक्रवार बिहानदेखि वेपत्ता हुनुभएको उहाँको छोरा विवेक घिमिरेले बताउनु भयो ।

झापा क्षेत्र नं.१ का पुर्व सांसद ७४ बर्षिय घिमिरेको राजधानीको ओम अस्पतालमा उपचार भईरहेको थियो ।

शुक्रवार बिहान ११ बजेतिर घरमै बसेर घाम तापिरहनुभएका घिमिरे अचानक घरबाट निस्किएर हिडेको भन्दै देख्नु भेट्नुहुनेलाई सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

घिमिरेले राजनितिमा लागेर केहि गर्न नसकेको भन्दै सधै चिन्ता ब्यक्त गर्ने गरेको जानकारी दिदँै उहाँका छोरा विवेकले सोहि कारण पछिल्लो केहि समयदेखि बुबालाई डिप्रसन भएको बताउनु भयो ।

डिप्रसनकै कारण उहाँलाई उपचार गर्न झापाबाट काठमाण्डौ ल्याईएको पनि उहाँले मिर्मिरे अनलाईनलाई जानकारी दिनुभयो ।

घिमिरेको खोजीका लागी परिवारले गौशाला प्रहरीमा समेत निवेदन दिएको जनाएको छ ।
साथै घिमिरेको खोजीमा सहयोग गर्न परिवारले सरकारसँग पनि आग्रह गरेको छ ।
घिमिरेका छोरा विवेकले कहि कतै भेट्नुहुने महानुभावले नजिकैको प्रहरीलाई वा मोवाईल नम्बर ९८४२६३४११४ ९८५२६३२०३२ र ९८४१२५४९९० मा सम्पर्क गरिदिनुहुन आग्रह समेत गर्नुभएको छ ।

शनि, फाल्गुन १२, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया