कांग्रेसका नेता खुमबहादुर खड्का गम्भीर बिरामी, भोलि दिल्ली लगिँदै


काठमाडौँ,५ फागुन । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काकाे अवस्था गम्भीर तर स्थिर रहेको छ ।

शुक्रबार राति अकाष्मात स्वास्थ्यमा समस्या देखिएपछि खड्कालाई नर्भिकमा भर्ना गरिएको छ। ‘माइल्ड स्ट्रोक’ कारण अवस्था गम्भीर तर स्थिर रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ।

खड्काले २ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए । उनका स्वकीय सचिव चुडामणि कँडेलका अनुसार आइतवार दिल्लीस्थित एपोलो अस्पतालमा लगेर थप उपचारको तयारी गरिदैछ ।

खड्कालाई भाेली मध्यान्ह १२ बजे दिल्ली लाने तयारी गरिएको छ। मिर्गौला प्रत्यारोपण गरिए पनि खड्का निरन्तर कांग्रेसको राजनीतिमा क्रियाशील छन् । उनी अहिले पनि कांग्रेसको एउटा गुटको नेतृत्व गर्दै पार्टीमा राम्रो प्रभाव छाडिरहेका छन् ।

शनि, फाल्गुन ५, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter