प्रधानमन्त्री ओली भोलि बालुवाटार सर्ने


 

काठमाडौँ, ५ फागुन । 

प्रधानमन्त्री केपी शर्मा ओली भोलि आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओली भोलि अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छोड्नुभएको थियो ।

शनि, फाल्गुन ५, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया