प्राकृतिक स्रोत साधनलाई संरक्षण गर्ने अभियान शुरु


नवलपरासी, ३ फागून । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिकाले नगर क्षेत्रभित्रका सबै प्रकारका प्राकृतिक स्रोत साधनको संरक्षण अभियान चलाएको छ ।

प्राकृतिक स्रोत साधनको संरक्षणका साथै अनधिकृत दोहन रोक्न, देशमै नमूना सन्देश प्रवाह गर्ने गरी रणनीति अघि बढाएको नगर प्रमुख चन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

अभियानअन्तर्गत नगर क्षेत्रभित्र रहेका खोलानालामा हाल हुँदै आएको दोहन, उत्खननलगायतका कार्य नियन्त्रण गरी प्राकृतिक स्रोत साधनको संरक्षण अभियान देशमै स्थानीय तहमध्ये पहिलो कार्य भएको मध्यबिन्दु नगरपालिकाले दाबी छ ।

सो बमोजिम खोलानालामा हुने उत्खनन तथा अतिक्रमणजस्ता कार्य नियन्त्रण गरी देशभरि सन्देश प्रभाव गर्न योजना बनाएर कार्य बढाएइको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंले जानकारी दिनुभयो ।

जलवायु परिवर्तन समकालीन अन्तर्राष्ट्रिय मुद्दा हो । नेपालका चाँदी झैँ टल्कने सेता हिमालमा परेको प्रभाव महसुस गरी यस विषयमा अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउन सन् २००९ डिसेम्बर ६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरमा मन्त्रिपरिषद्को बैठक बसेको थियोे ।

खोलाजन्य प्राकृतिक साधन स्रोतको अतिक्रमण र दोहन पनि राष्ट्रिय सरोकारको विषय बनेको छ । यसलाई मध्यनजर गर्दै अतिक्रमणको शिकार बनेको अरूणखोलाको किनारमा नगर कार्यपालिकाको बैठक बसी प्राकृतिक स्रोत साधनलाई पूर्ण संरक्षण गर्ने अभियान शुरुवात्समेत गरेको कार्यालयले जनाएको छ ।

यसैबीच नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिकाले चालू आर्थिक वर्ष २०७४÷७५ मा कूल रु ४० करोड ८५ लाख ८३ हजार बराबर खर्च गर्ने लक्ष्य लिएको छ ।

माछा पोखरीको अनुगमन गर्दै पाल्हीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेल

कार्यालयका अनुसार यस नगरपालिकाको समग्र विकास निर्माणसहित चौतर्फी विकासका लागि सो बजेट खर्च गर्ने लक्ष्य लिइएको हो । चालू आवको हालसम्म कूल रकममध्ये पूँजीगत खर्च १३ दशमलव २४ प्रतिशत र सशर्ततर्फ ७४ दशमलव ६२ प्रतिशत र चालूमा २६ दशमलव ३० प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सेढार्इंले जानकारी दिनुभयो ।

विशेषगरी नगरपालिकाको विकास निर्माणसहित चौतर्फी विकासका लागि गुरुयोजना बनाएर कार्य गरिरहेको नगर प्रमुख रानाले जानकारी दिनुभयो ।

यसैगरी सो नगरपालिकाले देशभर सरसफाइको सन्देश प्रभाव गर्न नवलपरासीको बर्दघाट सुस्ता पूर्वदेखि हेटौँडासम्म क्षेत्रको फोहरमैला उचित र दिगो व्यवस्थापनका लागि महत्वपूर्ण योजना बनाउने तयारी गरेको छ ।

उक्त नगरपालिकाले १५ वटै वडामा शुद्ध खानेपानी विस्तार, सरकारी स्वामित्वका संस्थामार्फत निःशुल्क औषधि उपचार प्रदान गर्ने काम गरिरहेको जनाएको छ ।

नगरपालिकाले नगर क्षेत्रभित्र रहेका खोलामा विद्युतीय माध्यम वा विषादी प्रयोग गरी माछा मार्ने कार्यलाई नियन्त्रण गर्न अभियान चलाएको जनाएको छ ।

अरूणखोलाको किनारमा नगर कार्यपालिकाको बैठक बसी प्राकृतिक स्रोत साधनलाई पूर्ण संरक्षण गर्ने अभियान शुरुवात ।

अबैध रुपमा माछा पोखरीमा उत्खनन

नवलपरासी, ३ फागून । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा रहेको माछा पोखरीमा अबैध रुपमा उत्खनन गरिएको खुलासा भएको छ । गाउँपालिकाको कार्यालयले माछा पालन प्रयोजनकालागी लगाएको पोखरीमा अबैध रुपमा उत्खनन गरी माटो झिकेको पाईएको हो ।

पाल्हीनन्दन ४ पाल्ही भगवती मन्दीर नजिकको ठुलो पोखरीमा माछा पालन प्रयोगको लागी ठेक्का दिईएको भएपनि अबैध रुपमा सो पोखरीमा मोटो उत्खनन गरी वाहीर काममा विक्री वितरण गरिएको खुलासा भएको हो ।

५ बर्षकालागी माछा पाल्नका निमित्त २० लाख , १० हजारमा ठेक्कामा दिईएको मा सो माछा पोखरीलाई ठेकेदार पक्षले अबैध रुपमा हेबी मेसीनको प्रयोग गरी माटो झिकेर अन्यस्थामा विक्री बितरण गर्दै आएको छ ।

ठेकेदारले नियम मिचेर पोखरीमा हेक्सावेटरको प्रयोग गरी माटो उत्खनन गरिहेदा समेत वडा कार्यालय , गाउँपालिकाको कार्यालय , स्थानिय प्रहरी प्रशासन मौन रहेको छ ।

यस अगाबै करिब ५ फिट गहिरो रहेको सो माछा पोखरी अहिले थप ५ फिट गरी गहिरो बनाएर १० फिट गहिरो हुन गरेको छ । माछा पालन कार्यकालागी ५ फिटमा प्राप्त मात्रामा माछा पाल्न सकिने भएपनि माछा पालन प्रयोजनको वाहानमा १० फिट गहिरो बनाएर सो माटोलाई अन्य काममा विक्री वितरण गर्नु सम्झौता बिपरीतको काम हो ।

यस वारे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले ठेकेदारले नियमबिपरीत पोखरीबाट माटो उत्खनन् गरी वाह्य प्रयोजनमा प्रयोग गरेको पाईएकाले ठेकेदारसंग दोब्वर क्षतिपुर्ति माग गरी सहित ठेक्कालाई नियमानुसार ब्यवस्थीत गरिने जानकारी दिनुभयो ।

बिहि, फाल्गुन ३, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य खोज खबर समाचार

Like us On Facebook

Follow Us On Twitter