अमेरिकाको फ्लोरिडास्थित विद्यालयमा गोली चल्दा १७ जनाको मृत्यु


एजेन्सी ३ फागुन ।
अमेरिकाको फ्लोरिडा राज्यस्थित विद्यालयमा भएको आक्रमणमा १७ जनाको मृत्यु भएको छ । पार्कल्याण्डमा भएको उक्त घटनामा एक व्यक्तिले गोली चलाएको अधिकारीहरुले बताएका छन् ।

प्रहरीले गोली चलाएको आशंकामा त्यसै विद्यालयका १९ वर्षीय निकलस क्रुजलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । उनी त्यस विद्यालयबाट निष्कासन गरिएका पूर्व–विद्यार्थी भएको बताइएको छ ।

क्रुजले राइफल लिएको र विद्यालय बाहिर ३ जनालाई गोली प्रहार गरी विद्यालयभित्र पसेर अरु १२ जनालाई गोली हानेको बीबीसीले जनाएको छ । घटना भएको उक्त विद्यालय प्रहरीले नियन्त्रण लिएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ट ट्रम्पले ट्वीट गर्दै मृतकका परिवाप्रति समबेदना प्रकट गर्नुभएको छ ।

बिहि, फाल्गुन ३, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विदेश समाचार