केपी ओली मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त


काठमाडौ ३ फागुन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरु आज बिहान शितल निवास पुगेर राष्ट्रपति समक्ष दाबी प्रस्तुत गरेका थिए ।

निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो । नवनियुक्त प्रधानमन्त्री ओलीले अपरान्न ४ बजे सितल निवासमा सपथ लिने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ । ओलीलाई सरकार गठनका लागि संसदको दुइ तिहाइ अर्थात् १ सय ३८ सांसद आवश्यक छ ।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा एमालेका १ सय २१ जना र माओवादी केन्द्रका ५३ गरी १ सय ६४ जना सासद छन् । संसदमा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ ।

तर एउटै दलको बहुमत नभएकाले एमाले र माओवादीले संवैधानिक प्रावधान अनुसार आफूहरुको बहुमत रहेको दावी गर्दै प्रधानमन्त्रीमा नियुक्तिको आग्रहसहित ओलीको नाम पेश गरेको थियो ।

बिहि, फाल्गुन ३, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया