
२ फागुन, काभ्रे । प्रणय दिवसमा बिहे गर्ने प्रस्ताव अस्वीकार गरेपछि काभ्रेमा एक युवतीको अपरहणपछि बलात्कार भएको छ ।
‘भ्यालेन्टाइन डे’ को अघिल्लो दिन घुम्न जाने र विवाह गर्न गरेकाे प्रस्ताव गर्दा अस्वीकार गरेपछि भकुण्डेबेसीबाट अपहरणमा परेकी युवतीको प्रहरीले बुधबार विहान पनौतीबाट उद्धार गरेको छ ।
उनले भनिन् , मैले मानिनँ’ पीडित युवतीले प्रहरीलाई भनिन्, ‘त्यसपछि मलाई जवरजस्ती भकुन्डेबाट अपहरण गरेर खै कता लगे, थाहा छैन, बिहान ८ बजेतिर प्रहरी चौकी पनौतीले मलाई उद्धार गर्यो ।’
अपहरणमा संलग्न दैलेख चामुण्डाका २१ वर्षीय वमबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।
विष्टसहित ३/४ जनाको समूहले युवतीलाई अपहरण गरी निजी गाडीमा राखेर पनौती पुर्याएको प्रहरीको भनाइ छ ।
युवतीका आफन्तको उजुरीका आधारमा प्रहरीले बुधबार विहान पीडितको उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालयमा मंगलबार राति महिला अपहरणको सूचना आएपछि खोजी गर्ने क्रममा पनौतीबाट उनको उद्धार गरिएको काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाले बताए ।
उद्धारपछि युवतीले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् ।
पीडितको जाहेरीका आधारमा अपरहण तथा जवरजस्ती करणीको मुद्दा दर्ता समेत भएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण प्रक्रिया पनि अघि बढाइएको प्रहरीले जनाएको छ ।
बुध, फाल्गुन २, २०७४ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य समाचार समाचार



Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

रूद्र खड्का/ललितपुर, फागुन ७ । सन् २०१८ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५

काठमाडाैं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टीले माघ १ गतेदेखि सुरु गरेको संगठन सुदृणिकरण तथा

२०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनताका नाममा अपिल जारी गर्दै ‘जनयुद्ध’को घोषणा

काठमाडौ, १ फागुन । नेपालमा दस वर्षे जनयुद्ध भएको आज २३ वर्ष पूरा गरी २४