पाटन कलेज फोर प्रोफेसनल इस्टडिज द्वारा नेतृत्व कार्यशाला सम्पन्न


काठमाडौँ , २ फागुन । पाटन कलेज फोर प्रोफेसनल इस्टडिजको आयोजनामा र लोर्ड बुद्ध एडुकेसन को सहयोगमा पूर्णरुपले निशुल्क नेतृत्व कार्यशाला सम्पन्न ग्लोकल प्रा । ली । द्वारा डिजाइन गरिएको सो कार्यशाला पाटन कलेज फोर प्रोफेसनल इस्टडिजमा सम्पन्न भयो । २५० ं आबेदनबाट छानिएका उच्च मा. वि. र स्नातक तहका २८ जनाको सहभागिता थियो ।

बक्त्रित्वकला, नेतृत्व, इमोसनल इन्टेलिजेन्समा मध्यस्थ प्रभावशाली र अनुभवी प्रशिक्षकको रुपमा रहेका जोय चौधरीको प्रशिक्षणमा ८ घन्टाको कार्यशाला सम्पन्न भयो । बिभिन्न सत्रहरुमा बिभाजन भएको सो कार्यशाला नेतृत्वका आधारभूत गुणहरूको छलफलबाट शुरुवात भयो । नेतृत्वको मूल अवधारणा , पारस्परिक कौशल जस्तो कुरा हरु बारेमा नि छलफल भयो । ति छलफल बाहेक नेतृत्वको दक्षता के हो र कसरी एक कुशल नेता बन्ने भन्ने कुरामा प्रकाश पर्नु भयो ।

दोस्रो सत्रमा उहाँले एक कुशल नेताको रुपमा स्थापित गर्न चाहिने महत्वपूर्ण गुणहरुको को बारेमा प्रकाश पर्नु भयो । जसमा सहानुभूति, सेवा नेतृत्व, जस्ता कुराहरु नि समाबेश गरिएका थिए । अन्त्यमा “आज र भोलीको नेतृत्व “ भन्ने बिषयको बारेमा छलफल वातावरणलाई रोमाचक बनायो ।
कृतज्ञताको प्रमाणको रुपमा पाटन कलेज फोर प्रोफेसनल इस्टडिज र लोर्ड बुद्ध एडुकेसनले हरेक सहभागीहरुलाई रु।५०हजार सम्मको छात्रवृति प्रदान गर्यो ।

यो कार्यक्रम ग्लोकल प्रा । ली । द्वारा डिजाइन गरिएको थियो जसको उदेश्य बिद्यार्थीहरुलाई भित्र रहेको नेतृत्वको गुणलाई बाहिर ल्याएर एक कुशल नेता बनाउने थियो । यसले सहभागीहरुलाई नेतृत्वको बारेमा ज्ञान मात्र नदिएर युवाहरुलाई आफ्नो नेतृत्व छामतालाई संसार सामु देखाउने एक प्रेरणा प्रदान गर्यो ।

बुध, फाल्गुन २, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया