
काठमाण्डौ , २ फागुन ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पोषक राज पौडेल नियुक्त हुनुभएको छ ।
वीमा क्षेत्रमा १५ वर्ष, वित्तीय क्षेत्रमा ६ बर्ष तथा अन्य क्षेत्र गरि २८ वर्षको व्यावसायीक अनुभव बटुलिसक्नुभएका पौडेल आगामी ४ वर्षका लागी सिटिजनमा नियुक्त हुनुभएको हो ।
यस अघि अमेरीकन लाईफ इन्स्योरेन्स कम्पनी (मेट लाईफ)मा वित्त प्रमुखको पदमा रहि उच्च व्यावस्थापन समूहमा कार्यगरिसक्नुभएका पौडेललाई गत हप्ता बीमा समितिबाट नियुक्ती स्वीकृत प्रदान गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट एमबिए तथा ACS र FLMI (USA) को अध्ययन गर्नुभएका पौडेलले स्वदेश तथा विदेशमा नेतृत्व विकास तथा व्यवस्थापन लगायतका विभिन्न तालिम तथा गोष्टीमा सहभागी हुनुका साथै प्रशिक्षण सम्बन्धी अनुभव हासिल गर्नुभएको छ ।
कम्पनीले रचनात्मक तथा आवश्यकता अनुसारको प्रविधी मैत्री नविनतम योजनाहरु संचालनमा ल्याउने लक्ष्य लिएर छ । कार्तिक २ गतेदेखि व्यवसायिक कारोवार शुरु गरेको कम्पनीले विभिन्न स्थानमा ३२ वटा कार्यलयहरु मार्फत हाल सम्म १२ करोडको कारोवार गरेको छ ।
कम्पनीले ब्राण्ड एम्बेस्डरमा मह जोडीलाई नियुक्त गरि वीमा सम्बन्धी जनचेतना वढाउने उदेश्य लिएको छ । कम्पनीको अधिकृत पुँजी तीन अर्ब रुपैयाँ र जारी पुँजी दूई अर्ब ५० करोड रुपैयाँ रहेको छ । त्यस्तै,कम्पनीको चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीले निकट भविष्यमा ७५ करोड रुपैयाँको सर्वसाधारणका लागी सेयर जारी गरी चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने जनाएको छ ।
बुध, फाल्गुन २, २०७४ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य विजनेस समाचार

Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

रूद्र खड्का/ललितपुर, फागुन ७ । सन् २०१८ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५

काठमाडाैं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टीले माघ १ गतेदेखि सुरु गरेको संगठन सुदृणिकरण तथा

२०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनताका नाममा अपिल जारी गर्दै ‘जनयुद्ध’को घोषणा

काठमाडौ, १ फागुन । नेपालमा दस वर्षे जनयुद्ध भएको आज २३ वर्ष पूरा गरी २४