एमाले–माओवादी एकता संयोजन समितिको बैठक जारी


काठमाडौ २ फागुन ।

एमाले–माओवादी केन्द्र एकीकरणका लागि गठित एकता सयोजन समितिको बैठक सुरु भएको छ ।

ललितपुरको मानभवनमा रहेको शारदा अधिकारीको घरमा केहीबेर अघि संयोजन समिति बैठक सुरु भएको हो । त्यसअघि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो । एकीकृत पार्टी संयुक्त नेतृत्व प्रणालीमा अगाडि लैजानेमा दुवै पार्टीका नेताहरु करिब सहमत भइसकेका छन् ।

जारी संयोजन समिति बैठकले पार्टी एकताको स्वरुपलाई अन्तिम रुप दिने तयारी रहेको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

सरकार गठनअघि नै पार्टी एकता घोषणाको तयारीमा रहेका एमाले–माओवादीले आज दिउँसो पनि आन्तरिक गृहकार्य गरेका थिए ।

एमाले स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । साथै बैठकमा पार्टी एकताको प्रगतिबारे ओलीले ब्रिफिङ गर्नुभएको थियो ।

बुध, फाल्गुन २, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter