भक्तपुरको एनसेल टावरमा बम भेटियो , सेनाद्धारा डिस्पोज


भक्तपुर, २ फागुन ।
भक्तपुरको सल्लाघारीस्थित ग्रामेन्ट उद्योगको छतमा रहेको एनसेल टावरमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्फोजल टोलीले डिस्पोज गरेको छ ।

एनसेल टावर रहेको ठाउँमा भेटिएको बम दुई घण्टाको प्रयासपछि डिस्फोजल टोलीले डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ ।

टावरमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि प्रहरीले नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाएको थियो । बोराभित्र राखेको अवस्थामा सेनाको टोलीले प्रेसरकुकर बम भेटेको हो ।

अज्ञात समूहले सर्वसाधारणलाई आतंकित पार्ने गरी प्रेसर कुकरमा केही विस्फोटक पदार्थ राखेको खबर प्राप्त भएपछि सेनाको टोलीलाई खबर गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

सेनाको टोलीले बम निष्क्रिय पारेको जानकारी दिँदै उहाँले घटनाबारे अनुसन्धान शुरु गरेको बताउनुभयो । बम भेटिएपछि अरनिको राजमार्ग भएर गुड्ने यातायाताका साधनलाई समेत दुई घण्टा गुड्न रोक लगाएको थियो ।

दुई सुरक्षा गार्ड रहेको सो भवनको छतमा कसरी बम राखियो भन्ने विषयमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

बुध, फाल्गुन २, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया