प्रदेश ५ को सभामुखमा पूर्णबहादुर घर्ती निर्विरोध निर्वाचित


बुटवल , २ फागुन ।
प्रदेश नम्बर ५ को सभामुखमा पूर्वी रुकुमका सांसद पूर्णबहादुर घर्तीलाई निर्विरोध निर्वा्चित हुनु भएको छ । प्रदेश सभाको आज बसेको दोस्रो बैठकले घर्तीलाई सभामुखमा निर्वा्चित गरेको हो ।

सभामुखमा घर्तीको एकल उम्मेदवारी परेपछि बैठकले संविधानको धारा १८२ को उपधारा २ अनुसार घर्तीलाई निर्वा्चित गरेको हो ।

प्रदेश सभा ५ को प्रदेश सभा सञ्चालन अन्तरिम कार्य्विधि २०७४ को दफा ६ को उपदफा ३ अनुसार बैठकका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले पूर्णबहादुर घर्ती निर्विरोध निर्वा्चित भएको घोषणा गर्नुभयो ।

बैठकमा घर्तीलाई निर्वा्चित गरियोस भनी माओवादीका प्रमुख सचेतक दधिराम न्यौपानेले प्रस्तावक र एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले समर्थन गर्नुभएको थियो ।

संसदको अर्को बैठक उपसभामुखको समेत निर्वाचन गर्ने गरी फागनु ६ गते आइतबार बस्ने छ । उपसभामुख भने नेकपा एमालेले बनाउने सहमति छ ।

त्यस्तै प्रदेश प्रमुखको कार्यालयले आज नै मुख्यमन्त्री नियुक्तिको तयारी गरेको छ । सभामुखको शपथ ग्रहणका लागि साढे ४ बजेको समय तय भएको छ । संगै मुख्यमन्त्री नियुक्तिको पनि तयारी भईरहेको एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिनु भएको छ । मुख्यमन्त्रीको शपथ ग्रहण भने भोलि हुने छ ।

बुध, फाल्गुन २, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter