प्रचण्ड ओलीको वार्ता सम्पन्न: एमालेले बोलायो स्थायी समिति बैठक


काठमाडौं , २ फागुन ।
पार्टी एकताका लागी केहिदिनदेखि निरन्तर छलफलमा रहेको एमाले अध्यक्ष केपी  ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वान–टु–वान वार्ता सकिए लगत्तै एमालेले स्थायी समिति बैठक बोलाएको छ ।

ललितपुरको मानभवनस्थित एक घरमा जारी बैठकमा पार्टी एकताको विषयमा छलफल भइरहेको जनाईएको छ ।

ओली र प्रचण्डबीच भएको वान–टु–वान वार्तामा छलफल भएको विषय भने सार्वजनिक गरिएको छैन । पार्टी एकताको विषय निष्कर्षमा र्पुयाउन अध्यक्षद्धय निरन्तर छलफलमा जुटेका हुन् ।

स्थायी समिति बैठकपछि एकता प्रक्रियाको विषयमा ठोस धारणा बनाइ दुबै पार्टीका नेता सम्मिलित पार्टी एकता संयोजन समितिले निष्कर्ष निकाल्ने नेताहरुले बताएका छन् ।

बुध, फाल्गुन २, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार