ओली र प्रचण्डको व्यवस्थापनले मात्रै पार्टी एकता सम्भव छैन: नेपाल


चितवन, २ फागुन ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दुई नेताको व्यवस्थापनले मात्रै पार्टी एकता सम्भव नरहेको बताउनुभएको छ ।

चितवनमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले दुई पार्टीमा रहेका शिर्ष देखि तल्लो तहका कार्यकर्ताहरुको स्तरअनुसार व्यवस्थापन गरेर मात्रै पार्टी एकता गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– “दुई नेताको व्यवस्थापनले मात्रै हँुदैन । पहिला पूर्व प्रधानमन्त्री भइसकेका, पार्टी सञ्चालनको अनुभव लिइसकेका, स्थायी कमिटीमा रहेका र तल्लोस्तरमा रहेका सबैलाई मिलाउनुपर्छ ।”

साथै पार्टीले अबलम्बन गर्ने विचार , जिम्मेवारी हेरफेर , कामको मूल्याङकन , लगायतका सैद्धान्तिक तथा वैचारीक विषयमा बृहत छलफल गरेर एकताको मिति निक्र्योल गरि पार्टी एकता टुंग््याउनु जरुरी रहेको उहाँले बताउनु भयो ।

पार्टी एकतामा देखिएका बाधालाई छिटो भन्दा छिटो पन्छाएर पार्टी एकता गर्नु आजको आवश्यकता रहेको नेता नेपालको भनाई थियो ।

उहाँले सरकार गठनका लागि समय आइसकेकोले पहिला सरकार गठन गरेर पार्टी एकता हुनुपर्ने बताउनु भयो । अर्को प्रसंगमा उहाँले काम चलाउ सरकारले गरेका दीर्घकालीन निर्णय अब बन्ने सरकारले उल्टाउने पनि बताउनु भयो ।

बुध, फाल्गुन २, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया