
काठमाण्डौ , २ फागुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजिनामा दिन लाग्नुभएको छ । निर्वाचन आयोगले प्रतिनिधी सभाको परिणाम राष्ट्रपति समक्ष बुझाएलगत्तै राजिनामा दिने तयारी गर्नुभएको हो ।
प्रधानमन्त्री देउवाले आजै साझ राजिनामा दिने तयारी गर्नुभएको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभएको छ ।
राजिनामा दिनुअघि देउवाले राष्ट्रका नाममा आजै संम्बोधन गर्नुहुनेछ । गत जेठ २३ माओवादी केन्द्रसँग आलोपालो सहमतीमा मुलुकको ४० औ प्रधानमन्त्री बन्नुभएका देउवाले राजिनामा दिनुअघि हिजो साझ केहि मन्त्री र पार्टीका नेताहरुसँग छलफल गर्नुभएको थियो ।
निर्वाचन आयोगले चुनावी परिणाम बुझाएलगत्तै प्रधानमन्त्री देउवाले राजिनामा दिने कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिनुभयो ।
साढे आठ महिना जति पदमा रहनुभएका देउवाको कार्यकालमा प्रदेश र प्रतिनिधी सभा तथा राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको थियो ।
आजै निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत समानुपातिकको अन्तिम नतिजा आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउँदैछ । निर्वाचन सम्पन्न भएको लामो समय भइसक्दा पनि नतिजा सार्वजनिक नगरेको भन्दै आलोचना खेप्दै आएको आयोगले ७० दिनपछि प्रतिनिधिसभातर्फको सम्पुर्ण परिणाम आज राष्ट्रपतिलाई बुझाउन लागेको हो ।
आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाए लगत्तै नयाँ सरकार गठनको औपचारिक बाटो खुल्ला हुनेछ । संघीय संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुरक्षित गर्न भन्दै आयोगले प्रतिनिधि सभा अन्तर्गत समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न होल्ड गर्दै आएको थियो ।
बुध, फाल्गुन २, २०७४ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य प्रमुख खबर समाचार



Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

रूद्र खड्का/ललितपुर, फागुन ७ । सन् २०१८ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५

काठमाडाैं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टीले माघ १ गतेदेखि सुरु गरेको संगठन सुदृणिकरण तथा

२०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनताका नाममा अपिल जारी गर्दै ‘जनयुद्ध’को घोषणा

काठमाडौ, १ फागुन । नेपालमा दस वर्षे जनयुद्ध भएको आज २३ वर्ष पूरा गरी २४