काठमाडौं, फागुन १ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम एकताबिना राष्ट्रको समृद्धि सम्भव नहुने दाबी गर्नु भएको छ । मुलुको सकारात्मक परिवर्तनका लागि वाम गठबन्धनबीच एकताको विकल्प नभएको उहाँको धारणा थियो ।
२३ औं जनयुद्ध दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा–कोटेश्वरमा आयोजित कार्यक्रममा उहाँले जनयु्द्धकै कारण लोकतान्त्रिक गणतन्त्रले सार्थकता पाएको उल्लेख गर्नु भयो ।
परिवर्तनको अवसर गुम्न नदिन सबै राजनीतिक दल एकै ठाउँमा उभिनुपर्ने उहाँको तर्क थियो । कार्यक्रममा बोल्दै उहाँले फरक दुई पार्टीको नेतृत्व गरिरहेका मोहन वैद्य र नेत्रविक्रम चन्दलाई पार्टी एकता प्रक्रियामा सहभागी हुन अपिल गर्नुभएको छ ।
अध्यक्ष दाहालले दिवास्वप्नले क्रान्ति पूरा नहुने बताउनु भएको छ । जनवादी क्रान्तिको नारा धेरै लगाएको उल्लेख गर्दै दाहालले अब समाजवादको नारा लगाएर नयाँ अभियान सुरु हुने बताउनुभयो ।
दाहालले २०४६ सालअघि नै सशस्त्र संघर्ष गर्ने योजना बनाए पनि पञ्चायत ढाल्ने शर्तमा जनआन्दोलनमा सहभागी भएको उल्लेख गर्नुभयो ।
मङ्ल, फाल्गुन १, २०७४ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य Uncategorized समाचार


Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

रूद्र खड्का/ललितपुर, फागुन ७ । सन् २०१८ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५

काठमाडाैं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टीले माघ १ गतेदेखि सुरु गरेको संगठन सुदृणिकरण तथा

२०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनताका नाममा अपिल जारी गर्दै ‘जनयुद्ध’को घोषणा

काठमाडौ, १ फागुन । नेपालमा दस वर्षे जनयुद्ध भएको आज २३ वर्ष पूरा गरी २४