नामिविया केन्यालाई पराजित गर्दै दोस्रो स्थानमा उक्लीयो , नेपालले क्यानडालाई हराउनै पर्ने दबाब


काठमाडौं, फागुन १ ।
नामिवियामा जारी आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टुमा घरेलु टोली नामिबिया केन्यालाई पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ ।

नामिवियाले केन्यालाई ८ विकेटले पराजित दोस्रो स्थानमा उक्लेको हो । आज भएको खेलमा नामिबियाले १११ रनको लक्ष्य १६ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै नेपाललाई रन रेटमा पछि पारेको हो ।

अन्तिम चरणको खेल बाँकी हुँदा क्यानडा, नामिबिया र नेपालको समान ६ अंक छ । तर रनरेटमा पछि रहेको नेपाल तेस्रो स्थानमा झरेको छ।

नेपालले भोली शीर्ष स्थानको क्यानडासँग प्रतिस्पर्धा गर्दै छ भने नामिबियाले चौथो स्थानको युएईसँग खेल्नेछ। अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै वान डे वर्ल्ड कप क्वालिफायरमा स्थान बनाउन क्यानडालाई हराउनु पर्ने बाध्यता छ ।

यदि नेपालले खेल हारेमा भने नेपालको यात्रा डिभिजन टू मै यथावत रहने सम्भावना बढी छ । नेपाल क्यानडासँग पराजित भएमा युएईले नामिबियालाई पराजित गर्नुपर्नेछ र यस्तो अवस्थामा नेपाल, युएई र नामिबियाको समान ६ अंक हुनेछ र राम्रो रनरेट हुने टिम शीर्ष दुईमा पर्नेछ।

अहिले नेपालको रनरेट अन्य टिमको भन्दा कम भएकाले नेपालले क्यानडालाई अन्तिम लिग खेलमा हराउनैपर्ने दबाब बढेको छ। नेपालका प्रशिक्षक जगत टमाटाले भोली राम्रो क्रिकेट खेल्दै क्यानडालाई हराउने बताएका छन् ।

डिभिजन टू को शीर्ष दुई स्थानमा रहने टोली वर्ल्ड कप क्वालिफायरमा छनोट हुनेछ भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन टू मै यथावत रहनेछन्।

लगातार चार हारपछि अंकविहिन रहेको केन्या डिभिजन थ्री मा घटुवा भइसकेको छ । अब अन्तिम खेलमा ४ खेलबाट २ अंक मात्र रहेको ओमान पाँचौ स्थानमा छ ।

मङ्ल, फाल्गुन १, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया