झापा गोल्डकप आगामी फागुन १९ गते देखि सुरु हुने


झापा, फागुन १ ।
झापा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुन १९ गतेदेखि हुने भएको छ । झापा–११ फुटबल क्लबको आयोजनामा झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।

मूल आयोजक समितिले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेता टोलीलाई यो वर्ष १२ लाख र उपविजेतालाई ६ लाख रुपैयाँ पुरस्कार दिइने जानकारी गराएको हो ।

प्रतियोगितामा एउटा विदेशी टिमसहित १० टिम सहभागी हुने मूल आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए ।

प्रतियोगितामा मनाङ–मर्स्याङ्दी क्लब, थ्रीस्टार, आयोजक झापा–११, हिमालयन शेर्पा क्लब, सुदूरपश्चिम–११, रुपन्देही–११, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब सहभागी हुने जनाइएको छ ।
त्यस्तै, भारतको सिक्किम युनाइटेडले पनि प्रतियोगितामा सहभागिता जनाउने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न एक करोड रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको आयोजकको भनाइ छ ।

मङ्ल, फाल्गुन १, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया