च्याम्पियन्स लिगका प्रिक्वाटरफाइनल खेलहरु आजबाट,


काठमाडौं, फागुन १ ।
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनल अर्थात् राउण्ड अफ सिक्सटिनका खेलहरु आजबाट सुरु हुँदै छन् । प्रतियोगिता अन्तर्गत आज राति दुइ खेल हुनेछन् ।

अन्तिम १६ को पहिलो खेलमा आज राति स्विट्जरल्याण्डको एफ.सी बाजलले इङ्ल्यान्डको म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने छ । आजै ईटालीमा हुने खेलमा युभेन्टस र टोटनह्याम हट्सपर भिड्नेछन् ।

च्याम्पियन्स लिगअन्तर्गत भोलि राति हुने खेलमा पोर्चुगलको एफ.सी पोर्टो र इङ्ल्यान्डको लिभरपुल तथा स्पेनको रियाल मड्रिड र फ्रान्सको पेरिस सेन्ट जर्मेन पि.एस.जी भिड्नेछन् ।

च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रि क्वाटरफाइनलका बाँकी ४ खेलहरु अर्को साता हुने बताइउको छ । अर्को साता हुने खेलहरुमा जर्मनीको बायर्न म्युनिख र टर्कीको बेसिक्तास तथा इङ्ल्यान्डको चेल्सी र स्पेनको बार्सिलोनाबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै स्पेनको सेभिया र इङ्ल्यान्डको म्यानचेस्टर युनाईटेड तथा युक्रेनको शख्तर र ईटालीको ए.एस.रोमा भिड्नेछन् ।

मङ्ल, फाल्गुन १, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया