नेकपा र क्रान्तिकारी माओवादीबीच एकताको सुरुवात: क्रान्ति सम्पन्न गर्न हतियार उठाउने बैद्यको उद्घोष


काठमाण्डौ , १ फागुन ।

२३ औं जनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा क्रान्तिकारी माओवादीबीच एकताको सुरुवात भएको घोषणा गरिएको छ ।
तत्कालिन नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिनको सम्झनामा आज काठमाण्डौको सभागृहमा आयोजीत संयुक्त कार्यक्रम मार्फत दुई पार्टीका शिर्ष नेताहरुले बिभाजित अस्थामा रहेका क्रान्तिकारी शक्तिहरुबीचको एकताको सुरुवात भएको घोषणा गरेका हुन् ।
कार्यक्रममा सम्बोधनका क्रममा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले जनयुद्ध दिवशकै दिनबाट दुई पार्टीबीच एकताको सुरुवात भएको घोषणा गर्दै देशमा क्रान्ति सम्पन्न गर्न बन्दुक उठाउनुको विकल्प नरहेको बताउनुभयो ।

महासचिव किरणले जनयुद्धका तत्कालीन नेतृत्व प्रचण्डले जनता र क्रान्तिलाई धोका दिएर दलाल संसदीय व्यवस्थाको फोहोरी खेलमा ड्ुबाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

जनयुद्धका सपनालाई कुल्चिएर पेरिसडाँडामा प्रचण्डले जनयुद्ध दिवस मनाएको ढोङ गरिरहेको भन्दै उहाँले अब बाँकी क्रान्ति पूरा गर्न बन्दुक समात्नै पर्ने बताउनु भयो । १२ बुँदे सम्झौता र बृहत शान्ति सम्झौता संसदवादीहरुले उल्लंघन गरेर देशमा प्रतिगमन फर्काउने काम गरेकाले बन्दुकको आवश्यकता झनै तीव्र बनेको उहाँको भनाई छ ।

महासचिव किरणले जनवादी राज्यसत्ता स्थापना गर्ने लक्ष्यसहित शुरु गरिएको जनयुद्धका उद्देश्यलाई खरानी पारेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धको दिवस मनाउनुलाई शिवरात्रीका दिन ‘बाबा’हरुले लगाउने खरानीसँग तुलना गर्नुभयो ।

त्यस्तै बाबुराम भट्टराईले भन्दै आएको नयाँ विषय पुरानै भएको बताउँदै नयाँको नाममा देश र जनताको समृद्धिको यात्रालाई अवरोध पुर्याएको बताए । वैज्ञानिक समाजले मात्र देश र जनता समृद्धि हुने भन्दै किरणले अब क्रान्तिका लागि तयार हुन सबैसँग अपिल समेत गर्नुभयो ।

राष्ट्रियता , जनतन्त्र र जनजिविकाको मुद्धा अहिलेको व्यावस्थाले सम्बोधन गर्न नसक्ने भन्दै उहाँले त्यसका लागी क्रान्ति आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो , भुमण्डलीकरणको भुतबाट तर्सिनु आवश्यक छैन ,मुलुकमा फेरी एकपटक क्रान्ति आवश्यक छ र सम्भव पनि छ ।

क्रान्ति गर्न ठुलो पार्टी आवश्यक नपर्ने भन्दै उहाँले सबै युवाहरु एकपटक फेरी जुट्ने बेला आएको बताउनु भयो । नेपाली जनताको मुक्तिका लागी क्रान्ति गर्ने घोषणा गर्दै उहाँले त्यसको तयारी लाग्न पनि युवा वर्गलाई आह्वान गर्नुभयो ।

सोही कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं मध्यकमाण्ड इन्चार्ज सुदर्शनले जनयुद्धलाई बीचमै धोका दिएर प्रचण्ड र बाबुरामले नेपाली जनताको समृद्धि र विकासको चाहनालाई नष्ट पार्ने काम गरेको भन्दै आक्रोश पोख्नुभयो ।

नेतृत्व तहमा रहेर प्रतिक्रियावादी दलाल संसदीय सत्तासँगको एकाध लडाईलाई निहुँ बनाएर जनयुद्धको निरन्तर सफल यात्रालाई नै पूर्णविराम लगाएदिएर शहीद र बेपत्ता योद्धा परिवारहरुमाथि कुठराघात गरेको सुदर्शनले बताउनु भयो ।

राज्य सत्तामा सर्वहारा वर्गको सत्ता अधिनायकत्व कायम नहुँदासम्म क्रान्ति नरोकिने बताउँदै त्यसनिम्ति बन्दुक उठाउनु अनिवार्य बन्दै गएकोले नेकपाले एकीकृत जनक्रान्तिलाई देशमा लागू गरिएको बताउनु भयो ।
जनयुद्धका लक्ष्यलाई प्रचण्डहरुले कुल्चेका कारण नेकपाले क्रान्तिको नेतृत्व गरेको बताउनु भयो ।

यस्तै नेकपा माओवादी केन्द्रका नेता गोपाल किँरातिले अहिलेको वाम गठबन्धनले वैज्ञानिक समाजवाद ल्याउन नसक्ने भएकाले सबै क्रान्तिकारी शक्तिहरु एक भएर अघि बढ्नुपर्ने बताउनु भयो ।


उहाँले एमाले अध्यक्ष केपी ओली नेतृत्वमा बन्ने सरकारले पनि उत्पिडित तथा श्रमीक वर्गको मुक्ति तथा राष्ट्रिययताको रक्षा गर्न नसक्ने बताउनु भयो । माओवादी अध्यक्ष प्रचण्ड क्रान्तिलाई छाडेर एमालेमा विलय हुन लागेको भन्दै किरातीले त्यसका बिरुद्ध आफुले अहिले पार्टी भित्रै संघर्ष गरिरहेको बताउनु भयो ।

यस्तै अर्का माओवादी नेता विश्वभक्त दुलाल (आहुती) माओवादी केन्द्र वैचारीक रुपमा विघटन भईसकेको भन्दै प्रचण्ड पनि दलला पूजीवादमा फसेको धारणा राख्नुभयो ।

उहाँले लेलिनले व्याख्या गरेको एकाधिकार पूजीवादको अन्त्य भएर नेपालमा भूमण्डलीकृत पूजीवादको सुरुवात भएकाले अब पुराना कम्युनिष्ट आन्दोलनबाट ल्याइएका फोहर पखालि एक ढिक्का भएर नयाँ क्रान्तिका लागी लड्नुपर्ने बताउनु भयो ।

यसअघि नै माओवादी परित्याग गरेको घोषणा गरिसक्नुभएका नेता लोकेन्द्र बिष्टमगरले नेपालमा जनवादी राज्यब्यावस्था स्थापना गर्ने लक्षका साथ सुरु गरिएको ससस्त्र युद्ध नेतृत्वकै धोखाका कारण पुरा हुन नसकेकोले अव क्रान्तिकारी धारको एकिकरण गरि राष्ट्र र जनताको मुक्तिका लागी अघि बढ्नुपर्ने बताउनु भयो ।

प्रचण्ड संसदवादमा फसेर धुम्बाराहि लागेपछि आफु पार्टीबाट बाहिरिएको प्रष्ठ्याउदै उहाँले जनयुद्ध दिवशले सबै क्रान्तिकारी एक भएर जनयुद्धका डोबहरु पछ्याउदै क्रान्तिकारी पार्टी बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रचण्ड र ओली कम्युनिष्ट क्रान्तिकारी नभएर समाजवादी , प्रजातान्त्रि भएको तर्क गर्दै उनीहरुले ल्याउने समाजवाद पनि पूजीवादी समाजवाद भएको बताउनु भयो ।

नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित विक्रम संवत २०५२ साल फागुन १ आजकै दिन रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी तथा सरकारी बैंकमा एकसाथ आक्रमण गरी तत्कालिन नेकपा माओवादीले मुलुकमा सशस्त्र युद्ध सुरु गरेको थियो ।

१० बर्षसम्म चलेको युद्धमा १७ हजारभन्दा बढी नागरिक मारिए भने हजारौं व्यक्ति घाइते र अंगभंग भएका छन् । हजारौंको संख्यामा नागरिक वेपत्ता छन् । २०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौतापछि माओवादीले हतियार बिसाएको थियो ।

मङ्ल, फाल्गुन १, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार