विकास निर्माणमा जुट्यो नेपाल कम्युनिष्ट पार्टी ,कालिकोटको खुलालु माल्कोट सडक निर्माण गर्ने


कालिकोट , १ फागुन ।

नेपाल कम्युनिष्ट पार्टीले आफ्नै लगानीमा कालिकोट जिल्लाको खुलालु मालकोट सडकखण्ड निर्माण गर्ने भएको छ ।

नेकपाको केन्द्रिय योजना अनुसार जिल्लाको खुलालु देखि लैफू सम्मको सडक खण्डमध्ये माल्कोट सम्मको सडक निर्माण गर्न लागीएको जनाईएको छ । यहि फागुनको पहिलो हप्ताबाट नै निर्माण कार्य सुरु गरिने उक्त सडकको आज उद्घाटन गरिएको छ ।
जनयुद्ध दिवशको अवसरमा जन परिषद नेपाल कालिकोटले आज खुलाल बजारमा आयोजना गरेको जनसभामा नेकपा केन्द्रिय सदस्य एटम विसीले उक्त सडकको उद्घाटन गर्नुभयो । सो क्रममा उहाँले करिब ६ ÷७ महिनामा सडक निर्माण कार्य सम्पन्न गर्ने लक्ष लिईएको जानकारी दिनुभएको छ ।


पहिलो चरणमा लालु लैफु सडकको खुलालु माल्कोट सडकखण्ड अन्तरगत १२ किलोमिटर सडक निर्माण गर्ने नेकपाले जनाएको छ । ससस्त्र जनयुद्ध सुरु गर्नुभन्दा अघि देखि निर्माणको योजना बनाईएको उक्त सडक २५ बर्षपछि नेकपाले निर्माण गर्न लागेको हो ।

फोटो : नेरेन्द्र बि.क

मङ्ल, फाल्गुन १, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter