रसुवागढी नाकामा एक महिना कारोबार बन्द रहने


काठमाडौ ,१ फागुन ।
चीनसँगको व्यापारिक नाका रसुवागढीमा आजदेखि एक महिनाका लागि कारोबार बन्द हुने भएको छ । नयाँ वर्ष ल्होसारका कारण चिनियाँ ट्रान्सपोर्ट बन्द हुने भएपछि कारोबार ठप्प हुन लागेको हो ।

ट्रान्सपोर्टले हिजो बिहान १० बजेसम्म गाडीमा शिल लगाएको थियो । शिल लगाएका गाडी आज साँझसम्ममा नेपाल आइसक्ने छन् । व्यावसायिक कारोबार नभएपछि राजश्व संकलन प्रभावित हुने भएको छ ।

कारोबार नै ठप्प भएपछि फागुन महिनामा ३० करोड राजश्व उठाउने सरकारको लक्ष्य प्रभावित हुने रसुवागढी भन्सारका प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले बताउनु भयो ।

फागुन महिनाभरि नेपालमा आयात हुने रेडिमेट सामग्री र इलेक्ट्रोनिक सामग्री आयात बन्द हुने भएको छ । कारोबार ठप्प हुने भए पनि दुवैतिरका भन्सार भने नियमित सञ्चालन हुने कार्यालयले जनाएको छ ।

चिनियाँ ट्रान्सपोर्ट बन्द हुने भएपछि केरुङ जाने तयारीमा रहेका कन्टेनर जिल्लाको बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रु र टिमुरेमा रोकिएका छन् ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् ।

मङ्ल, फाल्गुन १, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विजनेस समाचार

Like us On Facebook

Follow Us On Twitter